संगीता अर्याल
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन।
नेपाली संस्कृतिमा यो दिन आमाप्रतिको माया, सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष दिनको रूपमा मनाइन्छ। तर मेरो लागि भने आजको दिन केवल एउटा चाड होइन— यो त गहिरो पीडा, सम्झना र अभावले भरिएको दिन हो।
आमा नभएकालाई यो चाडले झन् धेरै रुवाउँछ।
आमाको सम्झना त सधैं आउँछ, तर आजको दिनले त्यो सम्झनालाई झन् गहिरो बनाइदिन्छ।
मनभरी आमाका यादहरू मात्रै छन्— उहाँको मुस्कान, उहाँको माया, उहाँको स्नेह, उहाँको न्यानो काख।
आज मनले बारम्बार भनिरहन्छ—
‘घाम डुबेर अर्को बिहान भएजस्तै,
तिमी फर्केर आउन मिल्दैन र आमा?’
तर यथार्थ कठोर हुन्छ।
‘न भेट्न पाउँछु,
न बोल्न पाउँछु…’
यही पीडाले मन भारी बनाइरहन्छ।
तर यथार्थले सधैं सम्झाउँछ— अब त्यो सम्भव छैन।
आमा भन्ने शब्द सानो भए पनि यसको महत्व असीमित हुन्छ।
आमा केवल एउटा सम्बन्ध होइन, उहाँ त जीवनको आधार हो।
आमा प्रेमकी मूर्ति हुनुहुन्थ्यो, त्यागकी प्रतिमूर्ति हुनुहुन्थ्यो, धैर्य र सहनशीलताको जीवित उदाहरण हुनुहुन्थ्यो।
उहाँले मेरो लागि गरेका हरेक त्याग, हरेक माया र हरेक आशिष आज पनि मेरो जीवनको आधार बनेको छ।
जसले आमा गुमाएका छन्, उनीहरूले मात्र आमाको वास्तविक महत्व गहिरोसँग बुझ्न सक्छन्।
सानो दुःख पर्दा आमालाई सम्झिन्छु, खुशी हुँदा उहाँसँग बाँड्न मन लाग्छ,
तर आज ती सबै भावना केवल मनमै सीमित छन्।
आजको दिन धेरैले आफ्ना आमाको मुख हेर्छन्, उहाँको आशीर्वाद लिन्छन्, माया साट्छन्।
तर म भने केवल सम्झनामा आमाको अनुहार हेर्छु,
मनभित्रै उहाँसँग कुरा गर्छु, आँशुसँगै उहाँलाई सम्झिन्छु।
आमा, तपाईं जहाँ हुनुहुन्छ—
मेरो माया सधैं तपाईंसम्म पुगिरहोस्।
तपाईंले सिकाउनुभएको बाटोमा हिँड्ने प्रयास गरिरहेको छु।
तपाईंको आशिष सधैं मेरो साथमा छ भन्ने विश्वासले नै म अगाडि बढिरहेको छु।
मातातीर्थ औंसीको यो दिनमा,
म तपाईंलाई धेरै सम्झिरहेको छु आमा।
तपाईं बिना जीवन अधुरो लाग्छ,
तर तपाईंका सम्झनाले मलाई बाँच्न सिकाइरहेको छ।
आमा, तपाईं सधैं मेरो मनमा जीवित हुनुहुन्छ।
तपाईंको माया कहिल्यै मर्दैन… ❤️
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया