ईश्वरी राई (इशु)
‘फूपाजु बित्नुभएको १३ दिन भएको थियो। त्यही कामको लागि आमा र म घर जाँदै थियौं। तर दुभाग्र्यबस् हाम्रो गाडीको दुर्घटना भयो। म गम्भीर घाइते भएँ। तर मैले आँखै अगाडि आमालाई गुमाएँ’,डेढ दशकअघिको दुर्घटना सम्झिएर सुनिता भावुक भइन्।
म्याग्दी जानेक्रममा आमालाई गुमाउनु परेको पीडा सम्झदा अहिले पनि उनको मन भारी हुन्छ। गहभरि आँसु बनाउँदै सुनिता सुनाउँछिन्, ‘त्यतिबेला मैले मेरो संसार गुमाएँ।’
२० वर्षको उमेरसम्म सुनितालाई केही कुराको कमी भएन। बुबाआमा र दाइको मायाले पुलपुलिएर हुर्किएकी थिइन्। अनि पढाइमा पनि अब्बल।
उनलाई लाग्थ्यो, यसैगरी बित्नेछ जिन्दगी, पीर–चिन्ताबिनै। तर सोचेको जस्तो कहाँ हुन्छ र जीवनमा। भइदिन्छ विपरीत।
२१ वर्षको उमेरमा आमालाई गुमाएपछि उनी छँटाह भइन्। पढाइ बिगारिन् र, दुर्व्यसनकाे बाटाे राेजिन्।
‘आमालाई गुमाएपछि म डिप्रेशनको सिकार भएँ। औषधि लिन थालें। त्यही औषधि कहिलेदेखि मेरो आदत बन्यो पत्तै पाइनँ’, अहिले उनलाई लाग्छ, ‘त्यो औषधि खाँदाखाँदै म दुर्व्यसनी भएँ।’
आमाको मृत्युले शोकमा डुबेकी सुनिताले दुःख भुलाउन नशा गर्न थालिन्। तर, त्यही नशाले बुबासँगकाे उनकाे सम्बन्भ पनि टाढिदैं गयाे।
तर, धन्न!
आफन्तले नै उनलाई सुध्रिने माैका दियाे। सुनितालाई सुधार केन्द्रमा राखियाे। त्यसपछि फेरियो ७ वर्ष कुलतमा बिताएको सुनिताको जीवन।
अहिले उनी ४ वर्ष नशाबिहिन जीवन बिताइरहेछन्। र, लागुऔषध प्रयोगकर्ताहरूलाई नशाबिनाकाे जिन्दगीमा डाेर्याउँदैछिन्।
उनी भन्छिन्, ‘हिजोको दिनमा मैले पनि नशा खाएर हिँडे। मैले के पाएँ? यसले दुःखबाहेक केही दिँदैन। तर आजको दिन म नशा नखाएरै जीवन बिताउन पाउँदा खुसी छु। र, अरूलाई सुधार्ने कोसिस गरिरहेकी छु।’
विगतमा आफूले गरेका गल्तीहरूलाई सच्याएर अघि बढिरहेकी सुनिताको अबको इच्छा भने बुबाको मन जित्नुछ।
‘मैले गरेको गल्तीको कारण बुबा मसँग रिसाउनुभएको छ। बोलचाल छैन। तर अब मलाई बुबासँग माफी माग्नुछ। उहाँको मन जितेर देखाउनुछ’, सुनिता सुनाउँछिन्, ‘अब मलाई जिन्दगीमा केही गरेर देखाउनुछ।’
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया