
पशुबलीलाई हिन्दू धर्मको एउटा कुरीतिको रुपमा हेरिँदैआएको छ तर सारा विश्वलाई प्रभाव पार्ने सनातन धर्मको यस परम्परामा कतै वैज्ञानिकता छ कि ? आउनुहोस्, एकछिन खोजौं।
हिन्दू धर्मअन्तर्गतको तन्त्र-परम्परामा पशुबलिको प्रचलन रहिआएको छ। नेपाल, भारतको बंगाल तथा चीनको स्वशासित क्षेत्र तिब्बत आदि ठाउँहरु तान्त्रिक क्षेत्रमा पर्दछन्। यस कारण यी ठाउँहरुमा बलि-प्रथाको अचाक्ली नै छ।
तन्त्रमा महाकाली आदि दिव्य-शक्तिहरुको आराधना गरिन्छ। उक्त कार्यमा बलि दिने चलन चलेको देखिन्छ। अब प्रश्न उठ्न सक्ला कि बलि-परम्परा किन सुरु गरियो? यसको उत्तर यस प्रकार छन्–
तन्त्रसाधनालाई विशेषगरी ३ भागमा बाँड्न सकिन्छ–
१) पश्याचारी साधना
२) विराचारी साधना
३) दिव्याचारी साधना
तन्त्रमा पाँचवटा “म” ले युक्त मानिसलाई पशु भनिन्छ। ती हुन्: मांश (मासु खानमा आशक्त ), मत्स्य माछा (खानमा आशक्त ), मद (जाडरक्सी तथा अरु नशामा आशक्त ), मुद्रा (रुपैयाँ-पैसामा आशक्त ) र मैथुन (यौन) क्रियाकलापमा आशक्त)।
यस्ता पशुतुल्य मान्छेलाई पशुताबाट छुटाएर सहि मान्छे बनाउने साधनालाई पश्याचारी साधना भनिन्छ। विराचारी साधनाले मानवलाई दिव्यता दिन्छ भने दिव्याचारी साधनाले दिव्य मानवलाई ईश्वर (परम् सत्य) को नजिक पुराएर पूर्ण-जीवन दिन्छ।
यहाँ पशुबलीको प्रसंग पश्याचारी साधनासँग जोडिएको छ। सधैँ खानामा मासु नभई नहुने पशुतुल्य मानिसलाई असली मानव बनाउने पश्याचारी साधनाको एउटा अंग हो। यसअन्तर्गत साधना गर्ने व्यक्तिलाई दिनहुँ मासु खान रोक लगाइन्छ।
उसले मांश-भक्षण गर्नको लागि निश्चित समयजस्तै महिनामा एक-पटक फलानो देवीको यतिपटक जप र पूजा गरेर देवीलाई पशु चढाएर मात्र खान पाइने विधान बनाइन्छ। यस साधनाको अभिप्राय यो थियो कि जो व्यक्ति दिनहुँजसो मासु खान्छ, उसलाई बिस्तारै-बिस्तारै यो बानी छुटाउने।
बलि दिनु अघि देवीको ध्यान-मन्त्रजप गर्नैपर्ने नियम हुन्थ्यो। यसो गर्दा-गर्दै पछि गएर साधकमा सत्वगुण विकास भएर ध्यान-जपमै आनन्द आउन थाल्थ्यो र उसलाई पशुको बलि दिने सोंच नै आउँदैनथ्यो।
यसरी, तत्कालिन समयको बलिप्रथा एउटा मनोवैज्ञानिक थेरापी थियो मानिसको मासु खाने प्रवृत्तिलाई निरुत्साहित र निर्मूल गर्ने । अर्थात्, यसरी दिनहुँको काटमार रोकिन्थ्यो र बलिप्रथाको आडमा दीर्घकालमा समाजका सम्पूर्ण मानिसहरुको मासु खाने प्रवृत्तिलाई निर्मूल पारी सहि मानव र सत्वगुणी समाजको निर्माण गरिन्थ्यो। यो थियो– हिन्दू धर्मको सही र मनोवैज्ञानिक बलि-परम्परा।
तर, आजको विडम्बना दर्दनाक छ। आजकल उपर्युक्त तान्त्रिक जप-साधनाको उपेक्षा गरी केवल मासु खानको लागि बलि दिने गरीन्छ र दिनहुँ बधशालामा हजारौँ-लाखौँ पशुहरु पनि काटिएकै हुन्छन्।
यसरी, हिन्दू धर्मको बली-परम्पराको सहि अर्थ नबुझी, यसको अपव्याख्या गरेर जिब्रोको स्वाद मेट्नेहरुको संख्या समाजमा बढ्दो छ। यसबाट प्रष्ट हुन्छ कि बलि-प्रथा पूर्णतया वैज्ञानिक थियो तर यसको गलत व्याख्याले निरीह पशुहरुको कटानी बढ्दो छ। यस विषयमा जागरुक व्यक्तिहरु प्रखर रुपमा लागेर बली-परम्पराको वास्तविक अर्थलाई समाजमा पुनः प्रतिष्ठित गर्नु आजको आवश्यकता हो जस्तो लाग्छ। हरि ओम् तत्सत् !
(आचार्य योग-जिज्ञासु र हिन्दू धर्मको वैज्ञानिकताबारे खोज गर्ने व्यक्ति हुन्। उनी बुढानीलकण्ठ आश्रमका संस्थापक गुरु स्वामी चन्द्रेशका चेला हुन्।)
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया