
सेतोपाटी
एन्जिला तुम्बापो सुब्बाले नेपाली राष्ट्रिय महिला टिमको गोलपोस्ट सम्हालेको चार वर्ष भयो।
सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन्। त्यही वर्ष भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन्।
नेपालको नम्बर एक गोलकिपर एन्जिलाले राष्ट्रिय टिमबाट १८ खेल खेलिसकेकी छन्।
गोलपोस्टको लम्बाइ र उचाइमा उनलाई देशप्रतिको जिम्मेवारी छ। त्यही लम्बाइ र उचाइमा देशको जित र हार तय भइरहेको छ।
पाँचथरमा जन्मिएर इलामको सूर्योदय नगरपालिकास्थित तीनघरेमा हुर्केकी एन्जिलालाई फुटबल खेल्न सधैं सहज थिएन। बाल्यकालमा उनले खेल्न परिवारसँगै संघर्ष गर्नुपरेको थियो।
'जेठी आमापट्टिका दिदीदाइ फुटबल खेल्थे। त्यही देखेर मैले फुटबलबारे थाहा पाएँ,' एन्जिलाले सुनाइन्, 'दाइदिदीको पछिपछि लागेरै खेल्न जान थालेकी थिएँ।'
तर उनलाई घरबाट अनुमति थिएन। स्कुलबाट आउनेबित्तिकै कहिले पानी लिन त कहिले घाँस काट्न जानुपर्ने। उनी हतार हतार काम सकी भागेर खेल्न पुग्थिन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया