बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

तेजन खड्का

उर्लाबारी
सांकेतिक तस्बिर

मोरङस्थित उर्लाबारी नगरपालिका – २ सिरुझारमा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

घरायसी कुरामा विवाद हुँदा ५० वर्षिय डिकबहादुर राईले बञ्चरो प्रहार गरी ३५ वर्षिया श्रीमती दिलमाया राईको हत्या गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

बञ्चरो प्रहारबाट गम्भिर घाइते भएकी दिलमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारपश्च्यात थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। 

वैदेशिक रोजगारीबाट फर्किएर आएकी उनको श्रीमान्सँग झगडा हुँदै आएको छिमेकीहरुले बताएका छन् । 

हत्या गर्ने डिकहादुरलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2021-01-23 08:47:00

प्रतिकृया दिनुहोस्