रियलको सानदार जित

रियल मड्रिडले स्पेनिस ला लिगामा डिपोर्टिभो एलाभेसमाथि ४–१ को सानदार जित निकालेको छ ।

एलाभेसको मैदानमा शनिबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमाले दुई गोल गर्दा क्यासमिरो र इडेन हाजार्डले समान एक गोल थपे । घरेलु टोलीका जोसेलुको गोल सान्त्वना बन्यो ।

खेलको १५औं मिनेटमा क्यासमिरोको गोलबाट अग्रता लिएको थियो । ४१औं मिनेटमा करिम बेन्जेमाले हाजार्डको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा टोनी क्रुसको पासमा हाजार्डले गोल गरेपछि रियल खेलमा ३–० ले अघि बढ्यो । 

५९औं मिनेटमा एलाभेसका जोसेलुले लुकास पेरेजको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ७०औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४–१ को जित दिलाए ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी ४ मा झारेको छ । रियलको १९ खेलबाट ४० अंक पुगेको छ । दुई खेल कम खेलेको एट्लेटिकोको ४४ अंक छ । पराजित एलाभेस १८ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थानमाथि छ ।

प्रकाशित मिति: : 2021-01-24 07:19:00

प्रतिकृया दिनुहोस्