भारतको गणतन्त्र दिवसमा किसानद्धारा नयाँ आन्दोलनको घोषणा

बिएल संवाददाता

नयाँ दिल्ली

भारतीय राजनीतिको इतिहासमा पहिलो पल्ट किसानले गणतन्त्र दिवसमा ट्रयाक्टर परेेडद्धारा 'लालकिल्ला' कब्जा गरेका छन्।

करिब दुई महिनादेखि आन्दोलनरत किसानले मंगलबार ७२औं गणतन्त्र दिवस मनाइरहेको बेला दिल्लीमा आफ्नो दरिलो उपस्थिति जनाएका हुन्। 

विभिन्न सीमाबाट दिल्ली प्रवेश गर्न लागेका किसानलाई जबरजस्ती कब्जामा लिन प्रहरीले बल प्रयाेग गरेपछि अवस्था तनावपूर्ण बनेको थियाे। दिल्ली प्रहरीसँग आन्दोलित किसान समूह आमनेसामने भएपछि ८६ प्रहरी घाइते भएकाेे दिल्ली प्रहरी आयुक्त कार्यालयले जनाएको छ।

नेपाली समयअनुसार २ बजेर १५ मिनेट जाँदा ट्रयाक्टर परेडसहित किसान समूह मुख्य नाका 'लालकिल्ला' प्रवेश गर्न खाेज्दा प्रहरी र किसानबीच झडप भएको हाे। उनीहरुले भित्र प्रवेश गर्ने क्रममा 'लालकिल्ला'काे पुरातन धार्मिक ध्वजामा कृषकको झण्डा फहराएका थिए। प्रत्येक बर्ष १५ अगस्टमा प्रधानमन्त्री यही ठाउँमा भारतको झण्डा लगाउने गर्छन। यो घटना करिब ९० मिनेटसम्म चलेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेेको थियाे।

प्रकाशित मिति: : 2021-01-26 22:24:00

प्रतिकृया दिनुहोस्