विजय साह
विजय साह
निर्धारित समयभन्दा १८ महिनाअघि निर्माण कार्य सम्पन्न भएको रातु पुल केही महिना नबित्दै चर्किन थालेपछि पुनः मर्मत कार्य सुरु भएको छ।
पुलको माथिल्लो भागको ठाउँ चर्किएपछि ठेकेदार पक्षले पुनः मर्मत कार्य सुरु गरेको हो। रातु पुल पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्ला जोड्ने प्रमुख सडक हो।

ठेकेदार कम्पनीका इन्जिनियर बद्रि अधिकारीले डेक्स स्लाबमाथिको ढलान ९वेयरिङ्ग कोड० राम्ररी जम्न नपाएपछि चर्किने समस्या देखिएको बताए।
‘डेक्स स्लाबमाथि ७ सेन्टिमिटर वेयरिङ्ग कोड (ढलान) गरेका थियौ। वेयरिङ्ग कोड जम्न झण्डै १५ सेन्टिमिटर चाहिन्छ।
तर सवारी आवागमनको समस्यालाई मध्यनजर गर्दै ढलान गरेको ४ दिनमै सवारीसाधन खुला गर्नुपर्यो’, इन्जिनियर अधिकारीले बिएल नेपाली सेवालाई बताए।

अहिले वेयरिङ्ग कोडको पुरै भाग हटाएर बलियो र टिकाउको लागि ६ सेन्टिमिटर कालोपत्रे गर्न लागेको इन्जिनियर अधिकारीले बताए। मर्मत कार्य पुनस् सुचारु हुँदा साबिकको जीर्ण पुल र रातु नदीबाट सवारीसाधन संचालन भइरहेको छ।
२०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौंले २०७५ साउन मसान्तमा पुल निर्माण कार्य सम्पन्न गरेको थियो।

२४ करोड ६० लाखको लागतमा बनेको पुलको लम्बाई २ सय ५० मिटर छ भने चौडाई १० दशमलव ९० मिटर छ। पुलको उद्घाटन तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गरेका थिए।
पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको हो। पुल २०७१ सालको बाढीले खाँबा ९पाया० भाँसिएपछि आवतजावतमा कठिनाई भएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया