सरकार-विप्लव वार्ताले औपचारिकता पाउला ?

शिलापत्र

काठमाडाै‌ं

 कृष्णसिंह लाेथ्याल

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाइएको राजनीतिक प्रतिबन्ध हटाउने संकेत गरेको छ । 

विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध फुकुवादेखि वार्तामा सहभागी गराउनेसम्मको वातावरण बनाउने प्रयासमा सरकार लागेको छ । त्यसकै प्रयास स्वरुप खानेपानी मन्त्री मणिचन्द्र थापाले विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’सँग मंगलबार भेट गरेका छन् ।

माओवादी पृष्ठभूमिका नेताहरूलाई आफ्नो पार्टीमा समेट्ने प्रयासमा रहेको नेकपाका अध्यक्ष केपी ओलीकै सन्देश बोकेर थापा नख्खु जेलमा रहेका सुदर्शनलाई भेट्न पुगेका हुन् ।  प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई धारमा विभाजित छ ।

एक पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । यही उत्पन्न तरल राजनीतिकाबीच सरकार विप्लव समूहप्रति केही लचिलो हुन खोजेको हो ।

खानेपानी मन्त्री थापाले नख्खु कारागारमा रहेका विप्लव समूहका दोस्रो तहका नेता वलीलाई भेट्नुले एक हदकाे पुष्टि गर्छ । 

प्रकाशित मिति: : 2021-02-03 17:58:00

प्रतिकृया दिनुहोस्