बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीन सुकुम्बासीको समस्या माधव नेपालका कारण समधान हुन नसकेको बताउँदै अब समाधान गरिने बताएका छन्।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित 'भूमिहीन सुकुम्बासी संगठनद्वारा आयोजित राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘भूमिको समस्या समधान हुनै नदिने मुख्य नेता माधवकुमार नेपाल हुन्। बनेको आयोगलाई काम नलाग्ने उनैले बनाउने गरेका हुन्।’
'म पहिलो २०७२ मा प्रधानमन्त्री बन्दा समस्या समाधान गर्न खोजिएको हो तर माधव नेपालले आफ्नो समर्थक वकीललाई लगाएर मुद्धा हाल्न लगाए । त्यसलाई लट्केको लट्केकै अवस्थामा पु-याए।’
ओलीले भूमि व्यवस्था समस्या समाधान हुन नदिने हाजिरीजवाफ जस्तो चलेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘आयोग बनाउन थालेको तीन वर्ष हुँदा पनि बन्न नसकेको आयोग हामीले बनाएका छौँ, अब काम हुन्छ।’
‘पार्टी छोडेर माधव पाटीतिर लागेपछि हामीले आयोग बनायौँ’, प्रधानमन्त्री ओलीले भने, ‘माधवको पाटी भनेको छलफल पाटी हो। जसले काम गर्दैन, खाली छलफल मात्रै गरौँ भन्छ। मैले नेपालमा ती जना छलफल पाटी देखेको छु– ती हुन माधव नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसाल।’
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया