बन्दकर्तासँगै आमहड्ताल गर्न पुलचोक पुगे प्रचण्ड

Photo - Bishnu Rijal FB
Photo - Bishnu Rijal FB

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ बिहान आमहड्ताल सफल पार्न सडकमा उत्रिएका छन्।

उनी कोटेश्वर हुँदै पुलचोकसम्म पुगेका छन्। यसको पुष्टी नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले समेत गरेका छन्।कोटेश्वरमा आक्रामक  नारा लगाउँदै प्रदर्शनकारीलाई उत्साह थपेका प्रचण्ड अहिले पुलचोक पुगेर धर्ना बसेका छन्। 

प्रदर्शनमा प्रचण्डले पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाउँदै हिँडेको नेकपा नेताहरुले बताए। प्रचण्ड–नेपाल समूहले असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आज आम हड्ताल गरेका छन्।

काेराेनाका कारण विगत एक वर्षदेखि आर्थिक समस्या भाेगिरहेका सर्वसाधारण जनता भने प्रचण्ड–नेपालकाे आम हडतालप्रति खुसी छैनन्। बिहानदेखि मानिसहरु काममा जान पैदल यात्रामा देखिएका थिए। 

ओलीविरुद्ध नारा लगाउँदै आमहड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

प्रकाशित मिति: : 2021-02-04 10:01:00

प्रतिकृया दिनुहोस्