बुधबार, २४ सेप्टेम्बर २०२५

आईपीएलको अक्सनमा नेपालबाट सन्दीप मात्रै छानिए

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल)को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले ८ जना खेलाडीहरुको नाम सिफारिस गरेपनि अक्सनमा सन्दीप मात्रै परेका हुन्। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका छन्। 

क्यानले सन्दीपसहित सोमपाल कामी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लकाे नाम सिफारिस गरिको थियो।

अक्सनकाे सूचीमा २९२ खेलाडी परेका छन्। १ हजार ११४ जनाको नाम दर्ता भएकामा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ। उक्त्त सूचीमा सन्दिपको नाम ६१ नम्बरमा रहेकाे छ। 

सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ। अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ।

शुक्रबार, माघ ३०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)