राष्ट्रिय स्वार्थ र स्वाभिमानका वर्ष

गोरखापत्र

काठमाडाै‌ं

गोपाल खनाल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको तीन वर्ष पूरा भयो । नेकपाको पहिलो सरकार, ओलीको दोस्रो प्रधानमन्त्रित्व र इतिहासकै झन्डै दुई तिहाइको सरकारको तीन वर्ष । अझ इतिहासमै शक्तिशाली कम्युनिस्ट सरकारको तीन वर्ष । बीचका केही महिनाका सत्तारूढ राजनीतिका उथलपुथल र कोरोना महामारीबाहेक ओली सरकार प्रभावित पार्ने नकरात्मक शृङ्खला देखिँदैनन् ।
ओली सरकारले विकासका दृष्टिकोणमा, सार्वभौमिकताको रक्षाको सवालमा, राष्ट्रिय आत्मविश्वास निर्माण र राष्ट्रिय स्वार्थको संरक्षणको विषयमा ऐतिहासिक आरम्भ ग¥यो र निरन्तरता पनि दियो ।
पहिलो, विकासको आरम्भ । विकासका मुर्छित सपनाहरूको पुनस्र्थापना । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँ नेतृत्वको सरकारले योजनाबद्ध र नवीनतम् विकासको आरम्भ गरेको हो । २०७२ असोज २४ मा नौमहिने प्रधानमन्त्री बन्दा घरेलु र बाह्य प्रतिकूलता थियो । तर त्यसका बाबजुद विकासका सपनाहरू सार्वजनिक भए । यो स्मरण मात्र हो ।
नयाँ संविधान, त्यसअनुरूप २०७४ सालको प्रतिनिधि सभाको निर्वाचन र प्रधानमन्त्री बनेपछि ती मुर्छित सपनालाई ब्युँताउनुभयो । विकासका सपना देख्न सामथ्र्य चाहिन्छ । लोकतान्त्रिक गणतन्त्रपछि नेपाल विकास र समृद्धिको युगमा प्रवेश गरेको भनिरहँदा ओलीभन्दा अघि प्रधानमन्त्री बन्नुभएकाहरूले किन विकासका सपना देख्नुभएन भन्ने प्रश्न उठ्छ । राजनीतिक व्यवस्था प्राप्तिको आन्दोलनको युग समाप्त भएको सगौरव घोषणा सबैले गरेको हो, सङ्क्रमणकालीन राजनीति समाप्त भएको उद्घोष पनि भएको हो तर विकास र समृद्धिलाई केन्द्रमा कुनै प्रधानमन्त्रीले राख्नुभएन ।

प्रकाशित मिति: : 2021-02-15 06:57:00

प्रतिकृया दिनुहोस्