बिहिबार, १४ अगस्ट २०२५

अश्विनको एउटै इनिङमा पाँच विकेट र सतकको कीर्तिमान

Photo: BCCI
• • •

 इंग्ल्याण्डविरुद्ध दोस्रो टेस्टको सोमबार तेस्रो दिनको खेलमा भारतका रविचन्द्रन अश्विनले पाँचौ सतक बनाएका छन्। उनले तीन पल्ट एउटै टेस्टमा पाँच विकेट तथा सतक बनाउने कीर्तिमान बनाएका छन्। उनी यो कीर्तिमान बनाउने पहिलो भारतीय अलराउन्डर हुन्। उनले दोस्रो दिन भारतमा सबैभन्दा बढी विकेट लिने हरभजन सिंहको कीर्तिमानलाई भंग गरेका थिए। 

टेस्टको एउटै इनिङमा सबैभन्दा बढी ५ विकेट र सतक बनाउने कीर्तिमान इंग्ल्याण्डका पूर्व क्रिकेटर इयान बोथमको नाममा छ। उनले ५ पल्ट यो प्रक्रियालाई दोहर्याएका थिए। वेस्ट इन्डिजका ग्यारी सोबर्स, पाकिस्तानका मुस्ताक अहमद, दक्षिण अफ्रिकाका ज्याक कालिस र बंगलादेशका साकिब अल हसनले २—२ पल्ट यो कीर्तिमान बनाएका हुन्। 

अश्विनले ४५ टेस्टमा २ सय ६८ विकेट लिइसकेका छन्। उनी अनिल कुम्बलेपछि टेस्टमा सर्वाधिक विकेट लिने स्पिनर हुन्। कुम्बलेले ६३ टेस्टमा ३ सय ५० विकेट लिएका थिए। उनले यस टेस्टमा हरभजनलाई पछाडि छोडेका थिए। हरभजनले ५५ टेस्टमा २ सय ६५ विकेट लिएका थिए।

सोमबार, फाल्गुण ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)