प्रवीण बास्तोला प्रकरणः प्रहरी निरीक्षक पोख्रेलसहित ४ आरोपी अनुसन्धानमा तानिए

तेजन खड्का

उर्लाबारी

मोरङको उर्लावारी-५ का प्रवीण बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा गम्भीर त्रुटि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लावारीका निरिक्षक उद्धब पोखरेलसहित ४ आरोपी प्रहरीको अनुसन्धानमा तानिएका छन्।

गत पुष ४ गते उर्लावारी-६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरु सँगै सुत्न गएका बास्तोला पुष ५ गते विहान ११ बजे तिर गोदावरी अस्पतालमा मृत रहेको खवर परिवारले पाएको थियो।

साथीहरुसँगै खानपिन गरेर सगै गएका बास्तोलाको रहस्यमय मृत्यु भएपछि उर्लावारी प्रहरीले बास्तोलाका साथीहरु उर्लावारी-६ का ३१ वर्षीय राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी, दिपेश पौडेल लाई प्रतिवादी बनाएर कार्वाही अगाडी बडाएको थियो। तर सरकारी वकिलको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मुद्दा चलाउनु नपर्ने भन्दै फर्काएको थियो।

प्रहरीले तीन जनालाई पक्राउ गर्दै घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने भन्दै माघ २ गते उनीहरुलाई हाजिरी जमानीमा छाडिदिएको थियो। तर, उनीहरुलाई छाडीएको १ महिना पनि वित्न नपाउदै इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक उद्धव पोख्रेलको अनुसन्धान प्रक्रियामानै त्रुटि रहेको आफन्तले फेला परेपछि प्रहरी निरिक्षक पाख्रेल सहित राजेश रणपहेली, रिकेश शिवा भनिने राकेश दर्जी, दिपेश पौडेल र मेहरमान दर्जी पुनः अनुसन्धानको दायरामा परेका छन्

यसरी ब्युतियो बास्कोटा मृत्यु प्रकरणः

गत आईतबार मृतको परिवार र केही स्थानियको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्कोटाको मिसील फाइल देखाउने क्रममा मिसिलमा मृतक बास्कोटाको फोटो हुनु पर्नेमा अन्य असम्वधित व्याक्तिको फोटो रहेको उनिहरुले पाएपछि प्रहरीले घटनाको अनुसन्धानमा लापरवाही गरेको तथ्य सार्वजनिक भएको हो।

प्रवीण बास्तोलाको शंकास्पद मृत्युको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीयबासीले आईतवार देखी आन्दोलनमा उत्रिएका छन्। मिसिलमा झट्ट हेर्दा मृतक बास्तोला जस्तै दखिने अन्य व्याक्तिको फोटो सहित ३ वटा फोटो राखिएको मृतककी वहिनी सदिक्षा बास्तोलाले बताइन्।

जहा मृतकको भनी चाँदीको सिक्री लगाएका अर्कै व्यक्तिको फोटो राखिएको पाइएको हो। मृत अवस्थामा फेला पर्दा प्रवीणको गलामा सिक्री नभएको र प्रहरीले अनुहार नै नचिनिने व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको आफन्तले दावी गरेका छन्।

फोटो परिवर्तन गरेर अनुसन्धान नै कमजोर बनाएपछि आरोपीहरुलाई मुद्दा नचलाएको मृतक प्रवीणका बुवा प्रेम बास्तोलाको आरोप छ।

प्रहरीले अनुसन्धानमा लापरवाही गरेको भन्दै आइतबार दिनभर प्रदर्शन गरेका आफन्त र स्थानीयबासीले सोमबार पनि इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरे पनि अनुसन्धान प्रक्रियमा कसरी अगाडी बढ्ने भन्ने सहमति हुन सकेन।

बरु उल्टै प्रहरीले झनै दवाब सृजना गरेको भन्दै न्यायको माग गर्न बास्तोला परिवार सहित मंगलबार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङ गएका छन्।

प्रहरीले अपराधीलाई संरक्षण गर्न लागेको परिवार र स्थानियको आरोप छ। पोष्टमार्टम रिपोर्टमा छटपटीका कारण मृत्यु भएको उल्लेख भएको बताउँदै प्रहरीले अपराधीलाई संरक्षण गरेपछि न्याय माग्दै बास्तोला परिवार सडकमा आउनु परेको स्थानियको भनाई रहेको छ।

मृतको बास्तोलाको परिवार भने आइतबार देखी प्रहरी निरिक्षक पोख्रेलको राजीनामा, आरोपीतहरु हरुलाई कार्वाहीको माग र मृतक प्रवीणको न्यायका लागि संघर्षरत रहदै आएको छ।

डीएसपीको नेतृत्वमा छानविन समिति
अनुसन्धान प्रतिवेदनमा फोटो परिवर्तन भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङले डीएसपी मानबहादुर राईको नेतृत्वमा छानविन समिति बनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले मिसिलमा राखिएको तीनमध्ये एउटा फोटो बेग्लै परेको देखिएपछि तत्काल परिवर्तन गरी छानविनका लागि टोली बनाइएको बताए।

तथ्यमा फरक पर्ने गरी प्रमाण संकलन गरेको घटनामा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान भएको देखिए कारवाही गरिने उनले बताए।



शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा अर्कैको तस्बीर 

 

बास्तोलाको शंकास्पद मृत्यु, प्रहरी नै शंकाको घेरामा

प्रकाशित मिति: : 2021-02-23 14:15:00

प्रतिकृया दिनुहोस्