म्यान्मार सैनिक 'कू' विरुद्धको प्रदर्शनमाथि भीषण दमन, थप नौ जनाको मृत्यु

Photo - RFA Burmese
Photo - RFA Burmese

म्यान्मारमा भएको सैन्य 'कू' विरूद्ध भएको आन्दोलनमा सरकारी सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार नौ जना प्रदर्शनकारीको मृत्यु भएको छ।

मुख्य तीन शहरहरू-राजधानी नेपिटो, देशको सबैभन्दा ठूलो शहर रंगुन रं अर्को शहर माण्डलेमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर फरक–फरक स्थानमा नौ जना स्थानीयको मृत्यु भएको त्यहाँको ऐरावती पत्रिकाले जनाएको छ।

सडक प्रदर्शन उग्र बन्दै गएपछि सुरक्षाकर्मीले उनीहरूमाथि पानीको फोहोरा र फलामे गोली प्रहार गरेको प्रदर्शनकारीको भनाई छ। गोली लागेर सयभन्दा बढी आन्दोलनकारीहरू घाइते समेत भएका छन्।

म्यान्मारमा करिब तीन सातादेखि आन्दोलन जारी भए तापनि नेपिटो, रंगुन र माण्डले शहरमा एक सातादेखि त्यहाँको सैनिक सरकारले दमन गर्न थालेपछि आन्दोलन हिंसात्मक बनेको छ।

मन्डलेमा सुरक्षाकर्मीको गोली लागेर दुई जनाको मृत्यु भएको छ। तीमध्ये एक जना महिलाको घाँटीमा गोली लागेको छ भने उनीसँगै रहेका अर्का व्यक्तिलाई छातीमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन्।



म्यान्मारः सैन्य 'कू'विरूद्धको आन्दोलनमा अन्धाधुन्ध आक्रमण, प्रहरीको गोलीले २४ जनाको मृत्यु

सैन्य सरकारले देशभरि जनआन्दोलनलाई दमन गरिरहेको छ। रंगुन र नेपिटोमा पनि प्रहरीको गोलीबाट सान जनाले बुधवार ज्यान गुमाएका छन्।
देशको अर्को शहर– मिङ्यानमा पनि आन्दोलन निकै हिंसात्मक बनेको छ।

घाइतेको उपचारमा संलग्न चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए। उक्त घटनामा कम्तिमा १० जना घाइते भएका छन्।

राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा तीन दिनअघि आइतबार एकै दिन कम्तिमा १८ जनाको मृत्यु भएको थियो।

देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरु र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ। अहिलेसम्म कम्तिमा ३३ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2021-03-03 17:36:00

प्रतिकृया दिनुहोस्