बिहिबार, २१ अगस्ट २०२५

चन्द समुहसगँ सहकार्य गरेर आफुहरु अगाडी बढ्न तयार रहेको प्रचण्डको भनाई

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नेकपा (चन्द समुह)का विभिन्न नेता तथा कार्यकर्ताहरुलाई भेटेका छन्।

प्रचण्डले चन्द समुहका नेता दीपक अधिकारीलगायतलाई भेटेर खुल्ला राजनितीमा स्वागत गरेका छन्।  शनिबार पेरिसडाँडामा चन्द समुहका नेताहरुलाई भेट्दै संसदीय दलको अनुसार आफ्नो पार्टी वैधानिक भएको बताएका थिए।

साथै उनले चन्द समुहका नेता समहुका नेताहरुलाई आफुहरुसगँ सहकार्य गरेर अगाडी बढ्न प्रस्ताव गरेका थिए। प्रचण्डले आफु चन्दसमुहसगँ मिलेर अगाडी बढ्न तयार रहेको बताए। 

उनले कम्युनिष्ट आन्दोलनलाई वैज्ञानिक आन्दोलनको संज्ञा दिदै  चन्द समुहका नेता तथा कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिने बताएका छन्। 

आइतबार, फाल्गुण २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)