बिहिबार, २१ अगस्ट २०२५

निवेदनमै नमागिएको फैसला किन गर्‍यो अदालतले ?

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

फागुन २३ गते आइतबार सर्वोच्च अदालतले गरेको नेकपाको आधिकारिकता विवादसम्बन्धी फैसलाले राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम ऋषिराम कट्टेल संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टीसँग मिलेको भन्दै उक्त नाममा राजनीतिक दल दर्ता हुन नसक्ने फैसला गरेपछि अहिले राजनीतिक कोर्स यु–टर्न अवस्थामा फर्किएको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते भएको पार्टी एकीकरणको निर्णय र जेठ २३ गते निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा दर्ता गरिदिएको राजनीतिक दल अवैधानिक भन्दै सर्वोच्चले फैसला दिएसँगै अब सत्ता समीकरण, राजनीतिक दल र भावी कदमका बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

यसरी आयो नेकपाको नाम विवादको शृङ्खला

ऋषिराम कट्टेल संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी नामक राजनीतिक दल २०७४ भदौ २२ मै निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो। तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएपनि यी दुुई पार्टीले २०७५ जेठ २३ गते एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोष्ठकमा (नेकपा) रहने गरी दल दर्ता गराए।

आइतबार, फाल्गुण २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)