
बिएल संवाददाता
फेमिली केयर अस्पतालले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित किराँतचोकबाट मङ्गलबारदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ।
काठमाडौँस्थित धुम्बाराहीमा सञ्चालन हुँदै आएको उक्त अस्पताल खोटाङको दिक्तेल बजारमा स्थानान्तरण गरिएको हो।
आगामी दिनमा ५० शय्याको क्षमता हुने गरी स्थापना गरिएको अस्पतालमा पहिलो चरणअन्तर्गत मङ्गलबारदेखि १५ शय्याबाट आफ्नो सेवा शुरु गरिएको सञ्चालक समितिका अध्यक्ष डा कृष्णकुमार राई ‘केके’ले बताए।
“अधिकांश रोगको यहीँ र गम्भीर किसिमका बिरामीलाई राजधानी काठमाडौँमा सञ्चालित अस्पतालसँगको सहकार्यमा उपचार गर्ने गरी दिक्तेल बजारमा फेमिली अस्पताल स्थापना गरिएको छ”, उनले भने, “जिल्लामा सञ्चालित सरकारी तथा सामुदायिक अस्पतालसँग प्रतिस्पर्धा गर्न नभई सहकार्य गरेर अगाडि बढ्ने योजना बनाएका छौँ।”
स्थानीय बासिन्दाले निःशुल्क उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेर सञ्चालन गरिएको अस्पतालमा आकस्मिक सेवा तथा हाडजोर्नी, दाँत, प्रसूति, बालरोग, जनरल सेवालगायत सबै किसिमका उपचार सेवा उपलब्ध गराइएको छ। रासस
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया