
ज्ञानबहादुर बगाले 'थापा'
म्यान्मारको शैन्य ‘कू’ विरूद्धको प्रदर्शनमा बर्मेली सेनाको गोली लागेर मृत्यु भएकी १९ वर्षीया किशोरीको अन्त्येष्टिमा हजारौँ आन्दोलनकारी सहभागी भएका छन्।
‘एञ्जेल’ नामले चिनिने च्येसिनको अन्त्येष्टिमा सहभागीहरुले युवतीप्रति सलाम गर्दै तीन औंला देखाएर मार्मिक भावमा शोक मनाएका थिए। उनी म्यान्मारको एउटा मुख्य शहर माण्डलेको विरोध प्रदर्शनमा सेनाको गोलीबाट मारिएकी थिइन्।
च्येसिनको मृत्युमा सैन्य शासकले आफ्नो तानाशाही प्रवृत्ति देखाएको आन्दोलनकारीहरुले बताएका छन्।
च्येसिन आन्दोलनको अग्रमोर्चामा सहभागी थिइन्। सेनाले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली बर्साउँदासमेत भागिनन् उनी। अझ क्रान्तिको अग्रमोर्चामा डटिरहिन्।
अग्रमोर्चामा उभिएर आन्दोलन गरिरहँदा सैन्य शासकको गोली उनको टाउकोमा लाग्यो। उनी उभिने प्रयास गर्दै थिइन् तर सकिनन्। साथीहरूले हतार–हतारमा अस्पतालमा पुर्याए तर उनी यो संसारमा रहिनन्। च्येसिन म्यान्मारको स्वतन्त्रता आन्दोलनमा बलिदान दिँदै शहीद भइन्।
१९ वर्षकी किशोरी च्येसिनले प्रजातन्त्रका लागि आफूलाई बलिदान दिएर संसार छोड्दै गर्दा उनले लगाएको कालो टी–सर्टले विश्वभरि चर्चा पायो। टी–सर्टमा लेखिएको थियो, ‘एभ्री थिङ्ग विल बी ओके’अर्थात् सबै कुरा ठिक हुँदै जानेछ।’
म्यान्मारमा उनीजस्तै सात दर्जन आन्दोलनकारीले प्रजातन्त्रका लागि आफ्नो छातीमा गोली थापेर बलिदान दिइसकेका छन् तर सैन्य शासक टसको मस भएको छैन। प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै देशभर आन्दोलनको आगो दन्किरहेको छ।
स्वतन्त्रताको लागि नागरिकहरु दिनहुँ सडकमा आन्दोलनरत छन्। सेना झन्–झन् हिंसात्मक बन्दै गएको छ। जुलुशका सहभागीका शीरमा शैन्य शासकले ताकेका गोलीहरू बर्सिरहँदा म्यान्मारले भने प्रजातन्त्र खोजिरहेको छ।
च्येसिन ती किशोरी हुन् जसले गत निर्वाचनमा पहिलोपटक मतदान गरेकी थिइन्। आन्दोलनको अग्रमोर्चामा लडिरहँदा सहयोद्धासँग बारम्बारसँग भन्थिन्, ‘हामीहरू जित्ने छौँ, ‘जुन्ता’ शासक हार्ने छ र प्रजातन्त्र देशभर फैलिने छ।’ उनी आत्मविश्वास र उत्साहसाथ आफूलाई आहुति दिन तयार थिइन्।
मण्डले शहरमा पार्लर सञ्चालन गर्ने पिताकी एक्ली छोरी थिइन्– च्येसिन।
‘च्येसिन हाँसिलो र मिजासिलो साथी थिइन्,’ उनका साथीले सम्झिरहेका छन्।
च्येसिन तेक्वान्डोकी कुशल खेलाडी थिइन्। पढाइमा पनि अब्बल थिइन्। सैन्य ‘कू’पछि प्रजातन्त्र स्थापनाको आन्दोलन देशभर चलिरहेको बेलामा उनी पनि आन्दोलनमा जाने निधो गरिन्।
प्रदर्शनमा जाने भएपछि उनका पिताले च्येसिनलाई हातमा रातो रिबन बाँधेर घरबाट बिदा गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो, यसअघि उनी आफैँले पोष्ट गरेकी थिइन्।
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया