कोरोना महामारीको एक वर्ष, २६ लाख ४० हजारको मृत्यु, ११ करोड ९० लाख संक्रमित

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी
कान्भा : एक प्रतिकात्मक तस्विर । सौजन्य : डब्लुभीएलटी

विश्वमा कोरोना संक्रमणलाई महामारी घोषणा गरिएको आज एक वर्ष पुगेको छ। विश्व स्वास्थ्य संगठनले गत वर्ष आजकै दिन यस्तो घोषणा गरेको थियो ।

यो एक वर्षमा कोरोनाले मानव सभ्यता र स्वास्थ्य विज्ञानलाई ठाडो चुनौति दिदै २६ लाख ४० हजार निर्दोष मानिसको ज्यान लिएको छ भने ११ करोड ९० लाख मानिस संक्रमित भएका छन्।

पछिल्लो तथ्यांकअनुसार आज पनि दिनमा  कोभिड १९ बाट मर्नेको संख्या १० हजार र संक्रमितको संख्या ४ लाख ७० हजारको हाराहारीमा छ। करिब एक लाख कोरोना संक्रमितको गम्भीर अवस्थामा उपचार भैरहेको छ भने करोडौ मानिस संक्रमणको विभिन्न तहमा उपचार गराइरहेका छन् ।

यस बीचमा कोभिड-१९ विरूद्ध भ्याक्सिन उत्पादन गरिएको छ। विश्वका धनी र स्वास्थ्य विज्ञानमा श्रेष्ठता हासिल गरेका देश र कम्पनीले विभिन्न नामका भ्याक्सिन तयार गरेका छन् र तिनीहरूको प्रयोग विकसित देशमा गतिलै मात्रामा भैरहेको पनि छ। यदधपि अझै पनि यो पर्याप्त हुन सकेको छैन।

कोभिड-१९ विरूद्धको भ्याक्सिन उत्पादन र यसको प्रयोगले कोरोना संक्रमणको अत्यास न्युनिकरण गर्ने काम भएको त भएको छ तर कोभिड-१९ विरूद्धको लडाइंमा आशातित सफलता हात लागिसकेको छैन। गरीव र अविकसित देशका मानिसमा अझै पनि भ्याक्सिन आकाशको फल आँखा तरी मरकै अवस्थामा छ।

कोभिड- १९ बाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका रह्यो। विश्वको एक मात्र महाशक्ति राष्ट्र भनिने अमेरिकाले मात्र ५० लाख ४५ हजार नागरिक गुमायो भने संक्रमितको संख्या तीन करोडको हाराहारीमा पुग्यो। यो असफलताका लागि तत्कालिन राष्ट्रपति डोनल्ड ट्रम्पको गलत नीति जिम्मेवार रहेको बताइयो र त्यसैकारण दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने उनको सपना चकनाचुर भयो।

नेपाल पनि कोरोना कहरबाट अछुतो रहेन। सुरूवाती चरणमा धेरै समयसम्म कोरोनाले नछोएको देश पछिल्लो समयमा नराम्ररी कोरोना संक्रमणमा फस्यो। दुई लाख ७५ हजार नेपाली संक्रमित भएपछि नेपाल कोरोना कहरको विश्व मानचित्रमा ४८औं स्थानमा पुग्यो। नेपालभित्र ३०१२ नेपालीको ज्यान गुमाए भने प्रवासमा रहेका सयौ नेपालीलाई पनि कोरोना कहरले निशाना बनायो।

कोरोना नै चुनावी मूल मुद्दा बनाएर राष्ट्रपतिमा निर्वाचित बर्तमान राष्ट्रपति जो बाइडेन ट्रम्पको गलत नीतिलाई सच्याउँदै अगाडि बढेका छन्। यसै क्रममा उनले १९ खर्ब अमेरिकी डलरको अमेरिकी राहत प्याकेज ल्याएर त्यसको कार्यान्वयन थालेका छन्। यसले अमेरिकी जीवन र अर्थतन्त्र दुबैलाई मूलबाटोमा ल्याउने उनको अपेक्षा रहेको छ।

नेपाल पनि कोरोना कहरबाट अछुतो रहेन। सुरूवाती चरणमा धेरै समयसम्म कोरोनाले नछोएको देश पछिल्लो समयमा नराम्ररी कोरोना संक्रमणमा फस्यो। दुई लाख ७५ हजार नेपाली संक्रमित भएपछि नेपाल कोरोना कहरको विश्व मानचित्रमा ४८औं स्थानमा पुग्यो। नेपालभित्र ३०१२ नेपालीको ज्यान गुमाए भने प्रवासमा रहेका सयौ नेपालीलाई पनि कोरोना कहरले निशाना बनायो।

कोरोनाले मानिसको ज्यान मात्र लिएन, हरेक देशको अर्थतन्त्र पनि तहस नहस पार्यो। गरीव र अविकसित मुलुकको भन्दा पनि विकसित र धनी देशहरूको अर्थतनत्र त धराशायी नै भयो। उद्योगधन्दा कलकारखाना बन्द हुँदा करोडौ मानिस बेरोजगार भए।  

कतिपय विकसित मुलुकका सरकारले आफ्ना जनतालाई दु:खमा साथ दिन र अर्थतन्त्रलाई उकास्न राहत योजना पस्किए। अमेरिकाले निम्न तथा मध्यम आय भएका जनताका लागि तीन चरणमा स्टिमुलस चेक नै बाँड्ने कानून बनायो। तीन चरणमा गरेर योग्य अमेरिकी करदाताले तीन हजार दुई सय चेक पाउँने भए। पहिलो र दोस्रो चरणमा गरेर एकहजार आठ सयको चेक पाइसकेका अमेरिकी करदाता तेस्रो चरणको एकहजार चार सयको स्टिमुलस चेकको प्रतीक्षामा छन्।

नेपालमा भने सरकार सत्ताको छिनाझपडी र महामारीका लागि गरिने खरिदलगायतका विषयमा भ्रष्टाचारमा फस्यो। तर, सानो र अविकसित अर्थतन्त्र भएका कारण सरकारको सहयोग बिना पनि नेपालीले यो संकट लगभग पार लगाए । यसमा परदेशमा रहेर जस्तोसुकै परिस्थितिमा पन नीलो पसिना बगाउने नेपालीको रेमिटेन्सले लाइफलाइनको काम गर्यो।

कोरोना कहरले यो विश्वबाट लाखौ मानिसको चोला उठायो। ती मानिस कसैका प्रियजन थिए, जो अव यो संसारमा रहेनन्; जो कसैका प्रिय सपना पनि थिए, ती पनि अब कहिल्यै नदेखिने भए। उनीहरूको दोष एउटै थियो, उनीहरुसँग यो भाइरससँग लड्ने कोरामिन पर्याप्त भएन। भाइरससँगको युद्धमा उनीहरू पराजित भए । आधुनिक स्वास्थ्य विज्ञान निरिह हुँदा उनीहरू आफ्नो अमूल्य जीवन गुमाउन बाध्य भए।

अर्थात् उनीहरू एक किसिमले 'अभागी' भए। ती अभागीमा नेपालभित्रका तीनहजार १२ र बाहिरका झण्डै हजार गरेर चारहजार 'नेपाली राष्ट्रियता' पनि थिए। ती नेपाली राष्ट्रियता अनि वसुधैव कुटूम्वकममा विश्वास गर्दा विश्वजनीन राष्ट्रियता भएका २६ लाख ४० हजार 'अभागी' मानिसका लागि श्रद्धाका दुई शव्द सही यति त भन्न सकिन्छ- अल विदा।

विश्व तपाईहरूलाई मिस गरिरहने छ।   

प्रकाशित मिति: : 2021-03-12 05:09:00

प्रतिकृया दिनुहोस्