बारी छैन : कौसी छँदैछ !

तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन्। कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ।

खेतीका लागि बारी भेट्नु त परको कुरा। शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाईरहेका छन्।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गरेका छन्। कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाएका छन्। उनको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ।

प्रकाशित मिति: : 2021-03-12 21:49:00

प्रतिकृया दिनुहोस्