टिपर चालकले घाईतेलाई पुनः किचाएर मारेको भन्दै प्रदर्शन,अझै शव उठ्न सकेन

तेजन खड्का

उर्लाबारी

टिपरको ठक्करबाट घाईते भएका मोटरसाईकल चालकलाई पुनः टिपर अगाडी बढाएर मारेको भन्दै  स्थानीयले प्रर्दशन गर्दा झापाका कमल—१ बालुबाडी दिनभर तनाबग्रस्त बन्यो।

झापाको कमल गाउँपालिकामा टिपरले मोटरसाईकललाई ठक्करदिँदा शिबसताक्षी नगरपालिका वडा नम्बर ४ डाँडागाउँका २० वर्षीय सरोज कार्कीको मृत्यु भएको थियो। निर्माण सामग्री लिएर हुलाकी राजमार्ग तर्फ झर्दै गरेको ना १ क ६१६५ नम्बरको टिपरले  मे १ प ३७४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

कमल  बालुबाडीमा टिपरले ठक्कर दिदाँ चालकले बचाउन सक्ने अबस्थामा पनि जानाजान टिपर अगाडी बढाएर कार्कीलाई मारेको  भन्दै स्थानीयले प्रदर्शन  गरे। टिपर चालकलाई ज्यान मुद्दा अनुसार कारबाही हुनुपर्ने स्थानीय तथा आफन्तले माग गरेका छन्। मृतक परिवारले अहिले शव उठाएका छैनन् । प्रर्दशनलाई नियन्त्रणमा लिने क्रममा स्थानीय र सुरक्षाकर्मीबिच झडप समेत भएको थियो । स्थानीयको आक्रमणबाट केहि सुरक्षाकर्मीलाइ चोट लागेको छ। 

प्रकाशित मिति: : 2021-03-13 18:10:00

प्रतिकृया दिनुहोस्