मङ्गलबार, ०५ अगस्ट २०२५

यौन शोषणको आरोप लगाएकी पाकिस्तानी नायिकालाई उल्टै ३ वर्ष जेल सजाय

Breaknlinks
• • •

‘मिटु’ अभियानमार्फत विश्वभरिका अभिनेत्रीले आफूमाथि भएको यौन शोषणको खुलेर कुरा गरे।

यसमा हलिउडका मात्र नभई बलिउड र पाकिस्तानी सिनेमाका अभिनेत्री पनि समावेश थिए।

यसै क्रममा पाकिस्तानकी चर्चित गायिका तथा अभिनेत्री मिसा सफीले पनि ‘मिटु’ अभियानमा बलिउडका नायक तथा गायक अली जफरविरूद्ध यौन शोषणको आरोप लगाएकी थिइन।

दुई वर्षअघि उनले लगाएको आरोपमा उल्टै उनलाई नै कार्यवाही भएको छ। पाकिस्तानको अदालतले मिसालाई ३ वर्षको सजाय सुनाएको हो।

मिसाको आरोपको अलीले खण्डन गरेका थिए भने उनीविरूद्ध मानहानीको मुद्धा दायर गरेका थिए।

अंग्रेजी वेभसाइट ‘द वाल स्ट्रिट’ जर्नलका अनुसार मानहानी मुद्धामा अदालतले मिसालाई सजाय सुनाएको हो।

आइतबार, चैत्र ०१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!