अब निर्धक्क ओली, प्रचण्ड मुर्दावाद भन्न सक्छु (भिडियाे अन्तर्वार्ता)

कान्जिराेवा हाेटल प्रालिका संचालक नाेर्बु लामाले फेसबुकमा स्टाटस लेखेर राजनीति छाेडेकाे घाेषणा गरे। याे देखेपछि बिएल नेपाली सेवाले उनीसँग कुराकानी गर्न खाेजेकाे थियाे।

साेमबार बिहान उनकाे हाेटेलमा पुग्दा बिहानीकाे घामले उनकाे अनुहार उज्यालाे बनाएकाे थियाे। तर उनकाे मन भने अँध्यारो थियाे। 

बच्चैदेखि राजनीतिमा लागेका उनी सुरुमा नेमकिपामा थिए। त्यसबेला उनले माक्स, एंगेल्स, लेनिन, स्तालिन, माओ, किम इल सुङ आदि कम्युनिस्ट नेताकाे बारेमा पढेका थिए। 

त्यहीँबाट उनमा राजनीतिक चेतना बढेकाे थियाे। राजनीतिमा लागेर जनताकाे सेवा गर्ने भावना पालएकाे थियाे। अब भने राजनीति छाेड्नु बाहेक विकल्प नरहेकाे उनी बताउँछन्।

'शिक्षा, स्वास्थ्, राेजगार, गरिबी निवारण, दुखीहरुकाे सेवा राजनीतिले गर्ला भन्ने आशा थियाे। मनमाेहन अधिकारीकाे नाै महिने सरकारकाे पालामा केही जनप्रिय काम भएका पनि हुन। हामी त्यसरी नै लागेका थियाैं।' उनले भने। 

पछि नेमकिपा छाेडेका उनी एमाले भए। त्यही बेलाबाट एमालेकाे खम्बा भएर राजनीति गरिरहेकाे उनले बताए। 'म एमालेकाे खम्बा हुँ। पार्टीको लागि के गरिएन। कुनै सहुलियतकाे लाेभ भएन, आशा पनि गरिएन। बरु काेही कार्यकर्ता रुस्दा, उसकाे चित्त नबुझ्दा आफूले पाउनुपर्ने पद दिए। अहिले आएर यी दिन देख्नु रहेछ।' उनी निकै आक्राेसित भएर बाेलिरहेका थिए।

विदेशी नेता भन्दा पनि पुस्पलाल र मदन भण्डारीबाट प्रभावित भएकाे उनले थपे। एमालेकाे नाै महिने सरकारले त केही गर्न सकेको सन्दर्भमा दुई तिहाईकाे सरकार कयाैं गुणा काम गर्न सक्ने उनकाे भनाइ छ। 

उनले भने, 'केपी ओलीप्रति आशा थियोे। भराेसा थियाे। तर उनले नै यति निराश बनाउलान भनेर कल्पना गरेकाे थिइन। भष्ट्राचार निर्मुल पार्छु भनेर भन्ने उनका वरिपरि भष्ट्रचारीहरु छन्। यस्ताे पार्टीमा अब याे जुनीमा बसिदैन।'

'सामान्य घर व्यवहार चलाउन पनि सरसल्लाह गर्नुपर्छ। हामी हाेटल चलाउन पनि घर सल्लाह गर्छाैं। तर देश चलाउन पार्टीमा कुनै छलफल चल्दैन,' उनले भने, 'प्रचण्ड र ओली मिले पार्टी एक हुने। अनि नमिल्दा पार्टी फुट्ने। के कार्यकर्तासँग सरसल्लाह गर्नु पर्दैन? देश यसरी नै चल्छ? तपाईं आफै भन्नुस् यस्ताे पार्टीमा कसरी बस्न सकिन्छ? त्यसैले मैले राजनीतिमा नलाग्ने निर्ण गरेकाे हुँ।'

उनले केपी ओलीले संसद विघटन गर्दा पनि मुर्दावाद भन्न नसकेको बताए। 'तर अब पार्टी छाेडीसकेपछि मुर्दावाद भन्नु बाहेक विकल्प छैन। अव त प्रचण्ड, ओली सबैले नराम्राे गरे मुर्दावाद भन्न सक्छु,' उनले भने, 'म अब एमाले लगायत पार्टीका नेता कार्यकर्तालाई मेराे आग्रह छ। मलाई मेराे व्यवसाय गरिखान दिनु पर्‍याे। मेराे बिन्ती छ, मलाई फेरी पार्टीमा लाग नभन्नुहाेला।'

 

 

प्रकाशित मिति: : 2021-03-16 17:07:00

प्रतिकृया दिनुहोस्