अध्ययन भन्छ– रातमा काम गर्दा क्यान्सरको जोखिम उच्च !

Careeraddict.com
Careeraddict.com

रातको समयमा काम गर्ने मानिसमा क्यान्सरको जोखिम धेरै हुने अध्ययनले देखाएको छ।

वासिङटन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताको टोलीको नेतृत्वमा गरिएको एक अध्ययनअनुसार नियमित दिनमा काम गर्ने भन्दा रातको सिफ्टमा काम गर्ने मानिसमा केही प्रकारको क्यान्सर हुने खतरा बढी हुन्छ। 

रातको सिफ्टमा काम गर्ने मानिसमा केही जीनको क्रियाकलाको प्राकृतिक २४ घण्टाको तालमा अवरोध पुग्ने र डिएनए क्षतिको जोखिम बढी हुने हुँदा क्यान्सरसँग सम्बन्धित हुन्छन्।

१४ जना सहभागीमा करिब सात दिन गरिएको अध्ययनमा आधालाई तीन दिन रातको सिफ्टमा र आधालाई तीन दिन दिउँसोको सिफ्टमा काम गर्न लगाइएको थियो। 

अध्ययनका लागि रगतको जाँच गर्ने क्रममा दिउँसो काम गर्ने मानिसको तुलनामा रातको सिफ्टमा काम गर्ने मानिसको क्यान्सरसँग सम्बन्धित जिन फरक भएको र तिनीहरूको सेतो रक्तकोषमा डिएनएमा क्षति धेरै भएको प्रमाण भेटिएको थियो।

रातको सिफ्टमा काम गर्ने सहभागीको सेता रक्तकोष विकिरणबाट हुने बाहिरी क्षतिका लागि बढी जोखिममा थिए, जुन डिएनए क्षति र क्यान्सरको लागि एक जोखिम कारक हो।

रातको सिफ्टमा काम गर्ने मानिसमा क्यान्सरको जोखिम बढ्नुको साथै मधुमेह नियन्त्रण गर्न गाह्रो हुने, तौल बढ्ने समस्या हुने, अत्यधिक क्यालोरी सेवन गर्ने, निद्रामा समस्या हुने, मुटुसम्बन्धी तथा मानिसक रोगको जोखिमसमेत धेरै हुने बताइएको छ।

प्रकाशित मिति: : 2022-04-01 22:00:00

प्रतिकृया दिनुहोस्