बम विस्फोटमा पाँच महिलासहित एक बाललको मृत्यु, १७ घाइते

Bikastimes.com
Bikastimes.com

अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको छ।

गत सोमबार साँझको समय बम विस्फोटमा पाँच महिला एक बालकको मृत्यु हुनका साथै अन्य १७ घाइते भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

उक्त घटना हालसम्म कुनै समूहले जिम्मा नलिएको मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताएका छन्।

यसैगरी मंगलबार उत्तरी अफगानिस्तानको बघलान युनिभर्सिटीका विद्यार्थी र शिक्षक बोक्ने बसमा भारी हतियारसहित बन्दुकधारीहरुले आक्रमण गरेका थिए। 

सो आक्रमणमा एक विद्यार्थी र चालकको मृत्यु भएको छ भने छ जना शिक्षक घाइते भएको बघलान विश्वविद्यालयका डीन अब्दुल कादिर महानले एएफपीलाई बताएका छन्।

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। 

अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-03-17 17:04:00

प्रतिकृया दिनुहोस्