सिरियाको युद्ध किन १० वर्ष चल्यो?

बिबिसी

काठमाडौँ

द्वन्द्व सुरु हुनु पहिला नै धेरै सिरियालीहरू राष्ट्रपति बशर अल असदको शासनमा बढ्दो बेरोजगारी, भ्रष्टाचार र राजनीतिक स्वतन्त्रताको कमी भएको गुनासो गर्थे। सन् २००० मा आफ्ना पिता हाफेजको निधनपछि असद राष्ट्रपति बनेका थिए। 

सन् २०११ को मार्च महिनामा प्रजातन्त्र समर्थकहरूको प्रदर्शनहरू दक्षिणी सहर डेरामा सुरु भयो। ती प्रदर्शन दमनकारी शासकविरुद्ध छिमेकी देशमा भएका विद्रोहबाट प्रभावित थिए।जब सिरियाली सरकारले असन्तुष्ट आवाजहरूलाई बल प्रयोग गरेर दबाउन खोज्यो राष्ट्रपतिको राजीनामाको माग गर्दै देशव्यापी प्रदर्शन भए।

 अशान्ति फैलियो र दमनकारी कारबाही तीव्र बन्यो। विपक्षी समर्थकहरूले आफ्नो बचाउ गर्न हतियार उठाए। असदले "विदेश समर्थित आतङ्कवाद" भन्दै त्यसलाई दबाउने नीति लिए।

प्रकाशित मिति: : 2021-03-24 22:45:00

प्रतिकृया दिनुहोस्