ईश्वरी राई (इशु)
मानव अधिकारको लागि 'एकल महिला समूह'– जसले एकल महिला तथा विवाहित महिलाकोे पक्षमा विभिन्न प्रयास तथा कार्यक्रमहरू गर्दै आएको छ।
'एकल महिला समूह'ले महिलालाई स्वरोजगार बनाउने, अन्यायमा परेका महिलालाई न्याय दिलाउने, पिछडिएका महिलालाई समावेशी कार्यक्रमा सहभागी गराउने लगायतका कामहरू गर्दै आएको छ।
काठमाडौंस्थित हात्तीगौडामा रहेको संस्थाकै हिस्सा हो– ‘महिला उद्यमी संघ’। जसको कारण सयौँ बेरोजगारी महिला रोजगार बन्न सफल भएका छन्।
महिलालाई मध्यनजर गरी संघको स्थापना गरिएको संस्थाकी प्रबन्धक राजिन रायमाझी बताउँछिन्। ‘संघको उदेश्य भनेकै महिलालाई रोजगारी दिने हो।’ उनले भनिन्, ‘कोहीँ पनि महिला बेरोजगार बस्न नपरोस्।’
संस्थामा सिलाई बुनाई गर्ने महिलाले नेपालको पहिचान झल्काउने पहिरन बनाउने गर्छन्। उद्यमी संस्थामा कार्यरत कम्तीमा १० जना महिला छन्। उनीहरूले काम मात्र नभई निर्माण गरेका सामाग्रीको बजारीकरणसमेत गर्ने गरेको प्रबन्धक रायमाझीले बताइन्।
‘उहाँहरूले उत्पादन गर्नुभएको सामानहरूलाई बजारीकरण पनि गर्ने गरेका छौँ’ उनले बिएल नेपाली सेवासगँ भनिन्।
उद्यमी महिलाले निमार्ण गरेका सामानलाई विभिन्न प्रदर्शनमका कार्यक्रममा समेत प्रयोग गरिने उनले बताइन्।
‘उहाँहरूले बनाउनुभएको सामानले नेपालको अस्तित्व देखाउँछ, त्यसैले कार्यक्रममा सामानहरूको प्रदर्शन गर्ने गरेका छौँ’, उनले भनिन्।
आफूहरूले मात्र नभई अन्य संस्थामासमेत उद्यमी महिलाले निमार्ण गरेका सामानहरूको प्रदर्शनी हुने गरेको राजिन बताउँछिन्। आत्मनिर्भर हुन चाहने महिलाका लागि ‘महिला उद्यमी संघ’ फराकिलो रहेको उनको भनाइ छ।
संघले महिलालाई बाच्ँनका लागि रोजगार दिएको कार्यरत महिला बताउँछिन्।
४९ वर्षिय अन्जु परियारले त्यहाँ काम गर्न थालेको दुई दशक भयो। उनी जोरपाटीदेखि काममा धाउँने गर्छिन्। उनी घरमा बसिरहनुभन्दा काम गर्नु नै बेस मान्छिन्।

‘घरबाट बाहिर निस्किएर काम गरी पैसा कमाउनु भनेको महिलाका लागि आत्मनिर्भर हुनु हो, त्यसैले महिलाले काम गर्नुपर्छ’, उनले भनिन्।
सुरूमा ट्रेनिङ सिकाउने अनि काममा लगाउने गरेको अन्जु बताउँछिन्। ‘मैले पनि सुरूमा ट्रेनिङ गरेकी थिए, काम सिक्दै गएपछि काम सिकाउने लायक भएकी हुँ’, उनले विगत सुनाइन्।
सुरूमा काम गर्न गाह्रो हुने भएपनि विस्तारै सिक्दै जादाँ जे पनि गर्न सकिने उनको भनाइ छ। ‘काम गर्ने बानी भएपछि नआउने चिज केहीँ रहिन्छ’, उनले भनिन्।
सिलाइको काममा लागेका कारण आफूलाई प्राय पहिरनका अर्डर आउने गरेको अन्जु बताउँछिन्।
‘अहिले कोरोनाका कारण बजारमा मास्कको माग बढि छ, त्यसैले हामी काहाँ यसको अर्डर आइरहेको छ’ उनले भनिन्। दिनमा २५ देखि ५० वटा मास्क बनाउन सकिने अन्जुको दाबी छ।

त्यस्तै अर्की उद्यमी महिला हुन् –रत्नकुमारी क्षेत्री। जो १२ बर्षदेखि बल्खुबाट काममा खट्ने गरेकी छन्। उनलाई पनि काम सुरू गरेपछि परिवार धान्न सहज भएको छ।
उनले पहिलोपटक अन्यत्रै काम गरेकी थिइन्। तर, उद्यमी संस्थामा काम सुरू गरेपछि नयाँ सिपहरू सिक्ने मौका पाएको उनले बताइन्।
संस्थाले पहिलो पटक काम गर्न ईच्छुक महिलालाई काम सिकाएर आफैँले काम गर्न सक्षम बनाउने गरेको उनी बताउँछिन्। ‘यहाँबाट काम सिकेका महिलाले जिल्लामा गएर काम गर्न थाल्छन्’, रत्नकुमारी भन्छिन्।
महिला उद्यमी संघ महिलाका लागि रोजगारको पाटो रहेको बताउदैँ उनले भनिन् ‘महिलालाई अन्यमा भन्दा यस ठाउँमा काम सिकेर आत्मनिर्भर हुन बढि सजिलो छ।’
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया