विश्व स्वास्थ्य दिवस: कोभिड प्रकोपले उजागर गरेको नेपालका ५ कमजोरी

बिबिसी

काठमाडौं
गत वर्ष नाकामा अलपत्र परेका व्यक्तिको खाने र बस्ने व्यवस्थापन स्थानीय तहले गरेका थिए
गत वर्ष नाकामा अलपत्र परेका व्यक्तिको खाने र बस्ने व्यवस्थापन स्थानीय तहले गरेका थिए

कोरोनाभाइरस महामारीका कारण नेपालमा गत एक वर्षमा पौने तीन लाख सङ्क्रमित भए अनि झण्डै तीन हजारभन्दा बढीले ज्यान गुमाए।

वर्षैभरि महामारीको त्रास कायमै रह्यो। लामो लकडाउनले स्वास्थ्यका साथै जनजीविकामाथि नै असर पर्‍यो।

विश्वले स्वास्थ्य दिवस मनाउँदै गरेको एप्रिल ७ का दिन स्वास्थ्य क्षेत्रका जानकारहरूले गएको एक वर्षमा नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका निम्न कमजोरीहरू औँल्याएका छन्।

१. प्रकोपको पूर्वतयारी

चाहे प्राकृतिक होस् वा मानवसिर्जित हरकिसिमको सङ्कटसँग जुझ्ने प्रमुख हतियार भनेको पूर्वतयारीलाई मानिन्छ।

महामारीको हकमा देशहरूको पूर्वतयारीको परीक्षण भयो।

प्रकाशित मिति: : 2021-04-07 14:05:00

प्रतिकृया दिनुहोस्