बिहिबार, २१ अगस्ट २०२५

कार्यविधि संशोधनपछि पनि किन देखिएन सामाजिक सुरक्षामा आकर्षण?

सेतोपाटी

सेतोपाटी

काठमाडौं
News Image
• • •

सरकारले दुई वर्षअघि निजी क्षेत्रका रोजगारदाता तथा श्रमिकका लागि अनिवार्य भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको थियो।

तर योगदानकर्ताको सोचेजति आकर्षण नभएपछि सरकारले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ संशोधन गर्‍यो।

दोस्रो संशोधनको दुई महिना बितिसक्दा पनि योजनामा आकर्षण देखिएको छैन। संशोधनपछि केही संख्यामा योगदानकर्ता बढे पनि अपेक्षाअनुसार श्रमिक तथा रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन नसकेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए।

यो योजना कार्यान्वयन भएयता कोषमा १३ हजार ६ सय ५५ रोजगारदाता र एक लाख ९५ हजार ७ सय १६ श्रमिक मात्रै सूचीकृत छन्, जुन संख्या एकदमै कम हो।

बुधबार, चैत्र २५, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)