एकै पटक ४५ बाजा बजाउने नरेश (भिडियो अन्तर्वार्ता)

कमल प्रभात

काठमाडौँ

बाजेहरुले गुठीमा बाजा बजाएको हेर्दाहेर्दै काठमाडौंका नरेश प्रजापतीले मादल बजाउन सिके।

परिवारमा सांगीतिक माहोल थियो। उनका बुबाले पनि नेवारी परम्परामा बजाईने धेरै बाजा बजाउँथे। उनको बाल्यकाल बाजाहरुसँग खेलेरै बित्यो।

वि.सं २०४० मा जन्मिएका उनी एसएलसी पासपछि परिवारको सल्लाहमा ‘कमर्स’ (व्यवस्थापन) पढ्न प्रज्ञा कमर्स कलेजमा भर्ना भए। संगीतप्रति निकै चाहाना भएका उनी संगीत पढ्न ललितकला क्याम्पसमा भर्ना भए। त्यहीँबाट सुरु भयो, उनको वाद्यवादन अध्ययनको यात्रा। उनी बिहान ‘कमर्श’ पढ्न जान थाले, दिउँसो संगीत पढ्न।



कुशलका गीतमा मौलिकताको चर्चा

रमेश क्षितिज: जो अक्षरहरुबाट टाढा रहने कल्पनापनि गर्दैनन् (अन्तर्वार्ता)



उनले ललितकला क्याम्पसबाटै संगीतमा स्नाकोत्तरपूरा गरे। उनले मुख्यतया नेवारी परम्परामा बजाईने बाजाहरुसँगै तबला, मादल, सितार लगायतका बाजा बजाउँछन्। एकैपटक ४५ वाटासम्म बाजाहरु बाजाएर रेकर्ड समेत कायम गरेका छन्।

नरेशले किशोरवास्थामै पेशागत रुपमा बाजाहरु बजाउन थालिसकेका थिए। अहिले उनी बाजा बजाउन देश-विदेश डुलीरहन्छन्।

बाल्यकालमा रहरले समाएको बाजाहरु अहिले उनको कर्म बनेको छ। उनी अहिले सांस्कृति संस्थान (राष्ट्रिय नाचघर)मा जोडिएका छन्। विभिन्न नेपाली ‘ब्याण्ड’हरुमा आवद्ध उनले केही स्कुल कलेजमा समेत बाजाहरु बजाउन सिकाउँदै आएका छन्।

नरेशले विभिन्न बाजाहरु बजाएर हिड्दाँका अनुभव बिएल नेपाली सेवासँग यसरी साटेका छन्ः

प्रकाशित मिति: : 2021-04-10 10:26:00

प्रतिकृया दिनुहोस्