बस र ट्रक ठोक्किदा चार जनाको मृत्यु, ३५ घाइते

बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाको सीमाना नजिकै बस र ट्रक एकआपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ। 

पूर्वश्चिम राजमार्ग अन्तर्गत रहेको रोहिणी खोला नजिकै रहेको आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक  ठोक्किदा चार जनाकाे मृत्यु भएको हो। 

मृत्यु हुनेमा एक जनाकाे नाम जीवन कुमार न्यौपानेको रहेकाे बताइएकाे छ। अन्य तीन जनाकाे भने विवरण खुलेकाे छैन।दुर्घटनामा ३५ जना घाइते भएका छन्। 

विपरित दिशाबाट आइरहेका बस र ट्रक तीव्र गतिका कारण ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीले बिएल नेपाली सेवालाई जानकारी दिए।

उनका अनुसार अहिले घाइतेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा उपचारको लागि अस्पताल पुर्याउने काम भइरहेको छ।

बसमा ३९ जना यात्रु रहेको बताइएको छ। घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-16 19:52:00

प्रतिकृया दिनुहोस्