रुपा शर्मा नेहा
‘मोटिभेसन थ्रु डान्स क्याम्पेन’ अर्थात नृत्यको माध्यमबाट उत्प्रेरणा जगाउने अभियान।
यो अभियानअन्र्तगत कोरोना महामारीले आम मानिसमा पारेको नकारात्मक प्रभावलाई कम गरी उनीहरूमा भएको मानसिक विचलनलाई कम गर्ने उद्देश्य रहेको छ।
देशभरी छरिएर रहेका विभिन्न संघसंस्थामा गई नृत्यको माध्यमबाट उत्प्रेरणा जगाउने अभियान नै हो, 'मोटिभेसन थ्रु डान्स क्याम्पेन।'
दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन नेपाल र ‘ब्लाइन्ड रक्स’ नामक संस्थाले संयुक्त रूपमा आयोजना गरेको थियो।
कार्यक्रम हालसम्म दैलेख, सुर्खेत, नेपालगञ्ज, दोलखा, सर्लाहीलगायत जिल्लामा सञ्चालन भइसकेको छ। 'दिगो विकासका लागि सञ्चार माध्यमको परिचालन नेपाल' नामक संस्थाले सामाजिक रुपान्तरणको लागि पत्रकारको भुमिकालाई सशक्त बनाउन क्षमता अभिवृद्धिका साथै विभिन्न समाजिक अभियान सञ्चालन गर्दै आइरहेको छ।
यसैक्रममा शुक्रबार सो संस्था र ब्लाइन्ड रक्सले महानगरीय ट्राफिक प्रहरी महाशाखामा ‘मोटिभेसन थ्रु डान्स क्याम्पेन’ आयोजना गरेको हो। यो अभियानमा ट्राफिक प्रहरीमा देखिने तनाव र यसको व्यवस्थापनको लागि मनोविद् खिमा रिजालले कक्षा सञ्चालन गरेकी थिइन।
धुलो र धुँवा खादै रातदिन आम नागरिकको सेवामा खटिने प्रहरी र आम नागरिकबीचमा सम्बन्ध कसरी सुमधुर कायम गर्न सकिन्छ र उनीहरूमा देखिने विभिन्न प्रकारका तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मनोविद् रिजालले सरल ढंगबाट अभिव्यक्ति दिएकी थिइन्।
‘मोटिभेसनल स्पिकर’ तथा ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीले तनाव व्यवस्थापन र जीवनमा आइपर्ने चुनौती र अप्ठ्यारालाई कसरी सामना गर्न सकिन्छ भन्ने विषयमा आफ्नो अभिव्यक्ति दिएकी थिइन्।
उनले विभिन्न खेलको माध्यमबाट रिस र आवेगलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुती दिएकी थिइन्।
कोरियोग्राफर सरोज प्रजा र शेखर घर्तिमगर तथा सृष्टि केसीको उपस्थितमा ट्राफिक प्रहरीलाई नृत्यगर्न सिकाएका थिए।
झण्डै डेढ सय ट्राफिक प्रहरी आफूभित्र रहेको दुःख र पिडा तथा तनाव बिर्सेर मनैदेखि रमाएका थिए। उनीहरू मच्ची मच्ची नाचेको दृश्य लोभ लाग्दो थियो।
कार्यक्रमको अन्त्यमा ट्राफिक प्रहरी कार्यालयका डीएसपी रामकृष्ण सापकोटाले यस्तो खाले उत्प्रेरणादायी अभियानले सधै तनावमा काम गर्र्नुपर्ने ट्राफिक प्रहरीको मनोवलमा उर्जा थप्ने बताए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया