भारतकै पहिलो 'अन्तरङ्ग संयोजक' जो चलचित्रमा यौन दृश्य निर्देशन गर्छिन्

बिबिसी

दिल्ली
AASTHA KHANNA / BBC

हलिवुड अभिनेत्री श्यारोन स्टोनले हालै सन् १९९२ को चलचित्र बेसिक इन्स्टिङ्टको विवादास्पद एक दृश्यमा आफूलाई भित्री वस्त्र फुकाल्न छल गरिएको बताएकी छन्।

हालै प्रकाशित पुस्तकमा उनले आफूलाई आफ्नो भित्री वस्त्रले प्रकाश मिलाउन अप्ठेरो परेकोले सो फुकाल्न निर्देशन दिँदा दर्शकले 'केही नदेख्ने' बताइएको लेखेकी छन्।

तर प्रहरीले सोधपुछ गरिरहँदा उनले आफ्नो खुट्टा फाटेको सो दृश्यमा पछि उनले र सारा विश्वले धेरै कुरा देखिएको थाहा पाए।

निर्देशन पल भेरहोभेनले स्टोनको दाबीलाई गलत भनेको छन् र उनलाई के गरिरहेछु भन्ने थाहा भएको बताउँदै उनले ढाँटेको बताएका छन्।

तर स्टोनले जे भयो त्यसले आफूलाई मर्माहत गरेको बताएकी छन्।

के यस्तो अवस्था नआउन दिन सकिन्थ्यो?

"सजिलै," भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी अन्तरङ्ग संयोजक आस्था खन्ना भन्छिन्। "म त्यहाँ भएको भए उनलाई छालाको रङ्गको भित्री वस्त्र लगाउन दिन्थेँ।"

 

र बेसिक इन्स्टिङ्टको दृश्याङ्कन गरिने सन् १९९० को दशकमा कलाकारलाई नग्न वा यौन दृश्यको बेला सहजीकरण गर्ने अन्तरङ्ग संयोजक भन्ने सुनिएको पनि थिएन।

तर सन् २०१७ को मीटू अभियानले चलचित्र उद्योगमा हुने यौन उत्पीडनका घटनालाई उजागर गरिदिए पछि आत्मीयता संयोजकको खोजी ह्वात्तै बढेको छ।

सन् २०१८ मा एचबीओले पहिलो पटक अन्तरङ्ग संयोजक राखेपछि नेटफ्लीक्स र अमेजनले पनि त्यसै गरे। विगतका महिनामा यो चलन भारत पनि आइपुगेको छ।

छब्बीस वर्षीया खन्नाका अनुसार यौन दृश्यमा आवश्यक यो कार्य द्वन्द्व निर्देशक वा नृत्य निर्देशकसँग तुलना गर्न मिल्छ।

"जसरी द्वन्द्व निर्देशकले द्वन्द्वका दृश्यहरूलाई सुरक्षित बनाउँछन्, अन्तरङ्ग संयोजकले त्यसैगरी यौन, नग्नता वा यौन हिंसा भएका दृश्यहरूलाई सुरक्षित बनाउँछन्," खन्नाले मुम्बईबाट भनिन्।

उनका अनुसार अन्तरङ्ग संयोजकले निर्देशक र कलाकारबीच पुलको कार्य गर्छन्।

"मेरो कार्य कुनै पनि कलाकार उत्पीडनमा पर्न नपरोस् भनेर निश्चित गर्ने र निर्माताको पनि सुरक्षा गर्ने हो ताकि कोही कलाकारले पाँच वर्षपछि आफूलाई नराम्रो अनुभव भएको भन्न नसकून्।"

कलाकारहरूसँग खन्नाले सहमति र सीमाको कुरा गर्छिन्; र छायाङ्कनको समयमा वस्त्र र सामानहरूको व्यवस्था गर्छिन्।

उनको झोलामा यौनाङ्ग बचाउने सामान, वक्षस्थल छोप्ने सामान, टेपहरू र यौन दृश्यमा कलाकारका यौनाङ्गहरू छुन नदिने डुनोट तकिया हुन्छ।

अस्कर्स विजेता छोटो चलचित्रकी निर्मात्री मन्दाकिनी ककरले आफ्नो आगामी चलचित्रका लागि खन्नालाई अनुबन्ध गरेकी छन्।

प्रकाशित मिति: : 2021-04-18 14:45:00

प्रतिकृया दिनुहोस्