
बिएल संवाददाता
वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।
सिनामंगलको सूर्या ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजनाथ बास्तोलाले बताए।
बास्तोलाका अनुसार उनीहरुको पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा फर्काइएको हाे।
व्यक्तिको स्वाब दिएर कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बनाएको आरोपमा मंगलबार मात्रै प्रहरीले सूर्या हेल्थ केयरमा छापा मारेको थियो।
बास्तोलाका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना, सलाम एयरका ३२ जना गरी एक १२२ जनालाई फर्काइएको हो।
जसमध्ये ७२ जना नेपाली, , ४९ जना भारतीय र १ जना पाकिस्तानी यात्रु रहेका छन्।
बहुविवाहको चर्चाः आमाप्रतिको अपमान!
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया