बिहिबार, १४ अगस्ट २०२५

भारतीय कम्युनिष्ट नेता यचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु

News Image
NBT
• • •

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीका छोरा आशिष यचुरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

दिल्लीको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचाररत जेठो छोरा आशिषको बिहिबार विहानै मृत्यु भएको महासचिव यचुरीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्। 

स्वास्थ्यमा समस्या देखिएपछि एक साताअधि अस्पताल भर्ना भएका ३४ वर्षीय आशिषलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। 

आशिषको मृत्युलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुःख व्यक्त गरेका छन्।
 

बिहिबार, बैशाख ०९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)