म्यान्मारः एक महिनाका लागि सेनाले गर्‍यो युद्धविराम घोषणा

एजेन्सी

म्यान्मार
RFA

म्यान्मारको सेनाले युद्धविरामको समयावधि एक महिना थप गरेको छ।

आगामी ३१ मेसम्म सेनाबाट हुने कारबाहीसम्बन्धी कुनै पनि क्रियाकलाप नहुने सेनाले शुक्रबार जानकारी दिएको हो। प्रधानसेनापतिको कार्यालयद्वारा जारी वक्तव्यमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै युद्धविरामको समयावधि लम्ब्याइएको उल्लेख छ।

सेनाले कारबाहीसम्बन्धी कामहरू नगरे पनि आन्तरिक तथा प्रशासनिक र नियमित कामहरू भने गरिरहने पनि वक्तव्यमा जनाइएको छ।  म्यान्मारको सेनाले गत १ फेब्रुअरीमा सत्ता हातमा लिएर शासन गर्न थालेको छ भने नेताहरूलाई बन्दी बनाएको छ।

सेनाले सत्ता नियन्त्रणमा लिएको विरोधमा आन्दोलन भइरहेको छ। आन्दोलनका क्रममा सयौँको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन्।

सेनाले लोकतान्त्रिक सरकारलाई अपदस्थ गरेको भन्दै संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकाय र विश्वका धेरै देशहरूले विरोध जनाएका छन्। उनीहरूले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई नै सत्ताको जिम्मेवारी दिन म्यान्मारको सेनालाई सुझाव र दबाब पनि दिएका छन्।

तर सेनाले भने गत निर्वाचनमा धाँधली भएकाले फेरि अर्को निर्वाचन गराउने भन्दै एक वर्षका लागि सत्ता हातमा लिएको स्पष्ट पारेको छ।



म्यान्मार सेनाको 'हवाई हमला'पछि शरण माग्दै थाइल्याण्ड पुगे तीनसय बर्मेली

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन

अब हाम्रो पालो आएको छ 

आसियानको पाँचबुँदे सहमतिप्रति बर्माका प्रजातन्त्रवादीको अविश्वास 

'म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध नेपालले पनि बोल्नुपर्छ'

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

म्यान्मार सैन्य ‘कू’विरूद्ध ‘ब्ल्यू शर्ट’ प्रदर्शन

मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ 

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी

प्रकाशित मिति: : 2021-05-01 12:14:00

प्रतिकृया दिनुहोस्