आइतबार, ०३ अगस्ट २०२५

रोल्पाकी कोरोना संक्रमित महिलाको सल्यानमा मृत्यु

File photo
• • •

सल्यानकाे एक अस्पतालमा अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

रोल्पाकाे गंगादेव गाउँपालिका- ३ की ४८ वर्षीया महिलाको उपचारका क्रममा सल्यान अस्पतालमा मृत्यु भएकाे हाे। 

थाइराइटकाे उपचार गराइरहेकी ती महिलाकाे पीसीआर परिक्षण गर्दा काेराेना पुष्टि भएकाे अस्पताल स्राेतले जनाएकाे छ।

मृतक महिला ४ दिनदेखि सल्यानकै बागचाैर नगरपालिकास्थित एक पाेलिक्लिनिकमा उपचार गराइरहेकी थिइन्।

उनकाे त्यहाँ उपचार सम्भव नभएपछि शनिबार नै सल्यान जिल्ला अस्पतालमा रिफर गरिएकाे गंगादेवका एक स्थानीयले बताएका छन्। तर, उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।



बिरामी बोक्ने एम्बुलेन्सले रोल्पामा नून ओसार्छ 

नून बोक्ने एम्बुलेन्सले बिरामी बोक्न मानेन, ड्राइभर भन्छन्, ‘हाकिमले जान दिएनन्’

शनिबार, बैशाख १८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)