बिरामी बोक्ने एम्बुलेन्सले रोल्पामा नून ओसार्छ

एम्बुलेन्सको काम बिरामी बोक्ने हो तर माओवादी सशस्त्र‍ द्वन्द्वको 'आधार क्षेत्र' रोल्पाको गंगादेव गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सले बिरामीको सट्टा नूनका बोरा,  मिलका चक्का र अरू निजी सामग्री ओसार्ने गरेको छ ।

बिरामी बोक्ने एम्बुलेन्स जनप्रतिनिधिका आफन्त बोक्न र  विभिन्न मालसामान बोक्न प्रयोग भइरहेको छ।

गंगादेव गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्सले विभिन्न सामाग्री बोकेको तस्विर सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको व्यापक आलोचना सुरु भएको छ।

एम्बुलेन्सले बिरामीको सट्टा मिलका चक्का, नुनका बोरा र अन्य निजी सामाग्री बोकेको तस्विर गंगादेवका युवाहरूले सामाजिक सञ्जालमा भाइरल बनाएका हुन्। विगतदेखि नै एम्बुलेन्सले बिरामी बोक्न छाडेर यस्तै सामाग्री ओसार-पसार गर्ने गरेको उनीहरूले बताएका छन्।

स्थानीयबासीको आरोप छ– एम्बुलेन्सले बिरामी बोक्नुको सट्टा निजी स्वार्थ र आम्दानीको लागि अन्य सामाग्रीहरू बोक्ने गरेको छन्।

एम्बुलेन्सको प्रयोग र स॥चालन केवल मानव स्वास्थ्यसँग जोडिएको विषय भएको भन्दै स्थानीयले लापरबाही नगर्न सचेतसमेत गराएका छन्।

आगामी दिनमा एम्बुलेन्सले बिरामी बाहेक अन्य सामान ढुवानी गरेको पाइएमा सञ्चालन कार्यविधी अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् तर एम्बुलेन्सले विभिन्न सामाग्री बोकेको तस्विर सार्वजनिक भएलगतै गंगादेव गाउँपालिकाले ध्यानाकर्षण भएको बताएको छ।

यस विषयमा एम्बुलेन्स सञ्चालक समितिले चालकसँग स्पष्टीकरण सोधेर वास्तविक जानकारी बाहिर ल्याउने समेत स्पष्ट पारेको छ।


आकाशबाट खसेको जहाज यसरी बचाएँ 

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

विदेश हिँडेका १२२ यात्रु विमानस्थलबाटै फिर्ता

प्रकाशित मिति: : 2021-04-21 11:58:00

प्रतिकृया दिनुहोस्