बुधबार, १३ अगस्ट २०२५

मुख्यमन्त्री पोखरेलले मन्त्री नबनाएपछि प्रदेश सभा सदस्य डाँगीले दिए राजीनामा

News Image
• • •

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री नबनाएपछि प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। 

प्रदेशसभा सदस्य डाँगी सोमबार बिहानदेखि मुख्यमन्त्री पोखरेल तथा एमाले नेताहरूको सम्पर्कबाट बेपत्ता भएका थिए।

उनले आज (बुधबार) प्रदेशसभा सचिवालयमा पुगेर राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।



मुख्यमन्त्री पोखरेललाई अप्ठेरो पार्न एमालेकै अर्का सांसद् माओवादी क्याम्पमा

मुख्यमन्त्री पोखरेलले मन्त्री नबनाएपछि उनकै गृहजिल्ला दाङका प्रदेशसभा सदस्य डाँगी माओवादीकेन्द्रको गठबन्धनमा लागेका हुन्।

डाँगी अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दाबी गर्दै अविश्वास प्रस्ताव दर्ता गर्ने कुलप्रसाद केसी ‘सोनाम’ ले नेतृत्व गरेको माओवादी–कांग्रेस ‘क्याम्प’मा बसिरहेकाे स्रोतले जनाएको छ। 

बुधबार, बैशाख २२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)