
बिएल संवाददाता
रुकुम पूर्वको भुमे गाउँपालिकामा ५० शैय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा आएको छ।
गाउँपालिकाकाे वडा नं. २ स्थित काँक्रीमा कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए। भुमेकाे नमूना कोभिड अस्पतालको उद्घाटन गरी बुधबारदेखि नै सञ्चालनमा ल्याएको हो।
स्वास्थ्य मन्त्रालयले देशभरिका सबै स्थानीय तहमा कोरोना भाइरस न्यूनीकरणको लागि तत्काल ५ शैय्याको अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो। तर, भुमे गाउँपालिकाले भने ५० शैय्याको अस्थायी अस्पताल स्थापना गरि सञ्चालनमै ल्याएको हो। देशभरको पछिल्लो अवस्था हेर्दा भुमे गाउँपालिकाले नमूना काम गरेर देखाएको छ।
अस्पतालमा एक मेडिकल अधिकृतसहित एकजना ल्याब प्राविधिक रहेका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार अस्पतालमा हाललाई ६ बेड अक्सिजन सिलिन्डरसहित रहेको छ। अन्य शैय्यामा समेत अक्सिजन थप गर्ने बताइएको छ।
गाउँपालिका अध्यक्ष बुढामगरले बिरामीहरुलाई उपचार मात्रै नभए मनोवैज्ञानिक परामर्शको पनि खाँचो रहेको बताएका छन्। उनले भने, ‘हामीहरू कोभिड–१९ अस्पताललाई सकेजति सुविधा सम्पन्न बनाउछौं। अस्थायी अस्पतालमा अन्य जनशक्ति स्वास्थ चौकीबाट खटाउछौं।’
तस्वीरहरू – तिलक मगर
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया