बिहिबार, १४ अगस्ट २०२५

अन्डरवर्ल्ड डन छोटा राजनको कोरोनाबाट मृत्यु, एम्स भन्छ- जिउँदै छन्

Photo : PTI
• • •

अन्डरवर्ल्ड डन छोटा राजनको कोरोनाबाट मृत्यु भएको छ।

छोटा राजनको दिल्लीस्थित एम्स अस्पतालमा शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएको भारतीय मिडियाले दाबी गरेका छन्। तर, उनको मृत्युलाई अस्पतालले भने पुष्टि गरेको छैन।

एम्स अस्पतालले उनको मृत्युको हल्लालाई खण्डन गरेको छ। ‘छोटा राजन अहिलेसम्म जिउँदै छन्। र, उनको कोरोना संक्रमणको उपचार भइरहेको छ’, एम्स अस्पतालले विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ।

कोरोना संक्रमित छोटा राजनको स्वास्थ्य बिग्रिदैँ गएपछि उनलाई २६ अप्रिलमा एम्स अस्पताल भर्ना गरिएको थियो। 

६१ वर्षीय ‘ग्याङस्टार’ छोटा राजनविरूद्ध मुम्बईमा मात्रै ७० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन्। यी मुद्दाहरूमा हत्यादेखि फिरौतीसम्मका आरोप छन्।

सन् २०१५ मा इन्डोनेसियाबाट गिरफ्तार भएका छोटा राजनलाई दिल्लीको तिहाड जेलमा राखिएको थियो।

शुक्रबार, बैशाख २४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!