बुधबार, २० अगस्ट २०२५

चेल्सीले जित्यो सुपर लिगको उपाधि  

photo by theathletic.com
• • •

चेल्सीको महिला टिमले सुपर लिगको उपाधि जितेको छ।

आइतबार भएको फाइनल खेलमा रिडिङलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो। चेल्सीको जितमा फ्रेन्क किर्बीले महत्वपूर्ण दुई गोल गरिन्। 
रोमाञ्चक बनेको खेलमा मेलानी लेउपोलन्जले खेलको दोस्रो मिनेटमै पहिलो गोल गरेर अग्रता दिलाइन्। 
त्यस्तै, साम केरकोले तथा एरिन कुथबर्टले चेल्सीका लागि एक–एक गोल गरे। 

एम्मा हेसले चेल्सीको नेतृत्व गरिरहेकी छिन्। उनको प्रशिक्षकत्वमा चेल्सीले यस सिजन लिग कपको उपाधि उचालिसकेको छ।

शीर्ष स्थानको चेल्सीको ५७ अंक रह्यो। सिटीले ५५ अंक जोड्यो।
                                                                                                                                                                         एजेन्सीको सहयोगमा 

सोमबार, बैशाख २७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!