बिहिबार, २१ अगस्ट २०२५

महामारीका सारथि: कोरोना संक्रमितलाई तन्नामा बोकेर एम्बुलेन्स र अस्पतालसम्म पुर्‍याउने युवा

लोकान्तर

लोकान्तर

काठमाडौँ
News Image
• • •

अजय अनुरागी

माथिको तस्वीर प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- १० मा कोरोना संक्रमणपछि बेहोश भएका एक कोरोना संक्रमितलाई चार जनाले बेडशीटमा राखेर एम्बुलेन्सतर्फ लैजाँदैछन् ।

उक्त कामको अगुवाइ जनकपुरकै युवा राकेशविक्रम साहले गरेका थिए ।

साहका अनुसार हिजो जेठ ३ गते जनकपुरका ख्याति प्राप्त वरिष्ठ साहित्यकार डा. रेवती रमण लालले आफ्नो छोराका लागि एम्बुलेन्स व्यवस्था गरिदिन भन्दै हारगुहार गरेका थिए ।

आफूले सकेसम्म चिनेजानेको एम्बुलेन्सलाई लालले फोन गरेका थिए, तर कुनै पनि एम्बुलेन्स आउन नमानेपछि कोभिड संकट व्यवस्थापनका लागि स्वत:स्फुर्त रूपमा परिचालन भएका साहलाई लालले फोन गरेका थिए।

लालको फोन आएपछि साहले पनि धेरैजसो एम्बुलेन्स चालकलाई फोन गरेका थिए तर एउटा मात्र एम्बुलेन्स खाली रहेको जानकारी पाए। त्यसपछि उनी त्यो एम्बुलेन्स लिएर लालको घर पुगे ।

मंगलबार, जेठ ०४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!