शुक्रबार, १५ अगस्ट २०२५

पत्रकार कल्याणकारी कोषमा २८ हजार सङ्कलन

News Image
• • •

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषमा रु २७ हजार ५६६ सहयोग जुटेको छ।

शाखाको यही जेठ १ गते शनिबार भर्चुअचल माध्यमबाट सम्पन्न बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेपछि विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोगका लागि तदारुकता देखाएका हुन्। 

भानु नगरपालिका–९ पुर्कोट निवासी आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका श्रीराम पाण्डेले रु २० हजार व्यासनगरपालिका–४ निवासी एवं व्यासनगरपालिकाका नायब सुब्बा भाग्यशाली ढुङ्गानाबाट रु पाँच हजार ५५ र व्यासनगरपालिका–१ निवासी एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य प्रदीप न्यौपानेबाट रु दुई हजार ५११ सहयोग गरेका हुन्। 

नायब सुब्बा ढुङ्गानाले यसअघि नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको संरक्षकत्वमा रहेको टीकानिधि ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारको संस्थापकसमेत छन्। 

आइसोलेशनमा बस्दाको खर्च गाउँपालिकाले बेहोर्ने 

ऋषिङ गाउँपालिका तनहुँले निर्माण गरेको आइसोलेशनमा बस्दा सङ्क्रमित हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ। कोभिड–१९ बाट सङ्क्रमित भई आइसोलेशनमा बस्नुपर्ने ऋषिङवासीका लागि गाउँपालिकाले खर्च व्यहोर्ने भएको हो। 

गाउँपालिकामा हुने खर्चको हकमा मात्रै गाउँपालिकाले जिम्मा लिइने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

 बिरामीमा जटिल अवस्था आएर अन्यत्र लैजानु परेमा खर्च स्वयम्को हुने र गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएर सम्बन्धित अस्पतालसम्म लैजाने र घरसम्म पु¥याउने व्यवस्था मिलाइएको उनले बताए। 

नागरिकको समेत योगदान हुने गरी कोभिड राहत कोष स्थापना गर्ने भन्ने प्रस्ताव आए पनि नागरिकलाई आर्थिक भार नपरोस् भनी त्यसको सम्पूर्ण खर्चको प्रबन्ध गाउँपालिकाले मिलाउन लागेको अध्यक्ष श्रेष्ठले बताए। 

कोभिड जोखिम बढेको भन्दै ऋषिङ गाउँपालिकाले गाउँमा विवाह, भोजभतेर, मेलालगायत मानिसको भीडभाड हुने कार्य तत्काल रोक्न लगाइएको छ। सङ्क्रमणसँगै जोखिम समेत बढेकाले गाउँपालिकाको मुख्य प्रवेश नाकाहरूमा कडा निगरानी राखिएको गाउँपालिकले जनाएको छ।  

गाउँपालिकामा पिसिआर परीक्षण गर्नका लागि तयारी भइरहेको उनले जानकारी दिए। विभिन्न सञ्चारमाध्यमबाट कोभिडसम्बन्धी जनचेतना फैलाउने, देश विदेशबाट आएका गाउँवासीलाई १५ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ। 

आइसोलेशन तयारी अवस्थामा राखिए पनि हालसम्म बिरामी आएका छैनन्। उनले भने, 'पाँच श्यया अक्सिजनसहितको आइसोलेशन निर्माण गरिसकिएको छ भने १५ श्ययाको निर्माणको तयारी भइरहेको छ।' रासस  

बुधबार, जेठ ०५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!