ब्राण्ड स्टोरीः संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी डिशहोम

सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले नेपालकै पहिल ब्राण्डिङ शो  'ब्राण्ड स्टोरी' सुरु गरेको छ। यस शोमा नेपाली ब्राण्डको समग्र जीवनकथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन्। ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के-कस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। ब्राण्डको बारेमा सबैलाई जानकारी गराएर नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन यो शो सुरू गरिएको हो। ब्राण्ड स्टोरीको छैठौं शृंखलामा हामीले डिस होमलाई प्रस्तुत गरेका छौ।

 ब्राण्ड स्टोरी-६  

नेपालमा टेलिभिजन क्रान्ति गर्ने उद्देश्यले सन् २००९ को अन्त्यतिर टेलिभिजन सेवा प्रदायक कम्पनी डिश नेपाल र होम टिभी सञ्चालनमा आए।

दुबै टेलिभिजन सेवा प्रदायक एक्लाएक्लै सञ्चालन हुनसक्ने अवस्था भएन। त्यसपछि दुबै कम्पनीका लगानीकर्ताले मर्ज गरेर डिश होमको नाममा सञ्चालनमा ल्याउने निर्णय गरे। 

तत्कालित समयमा ‘टिभी हेर्ने अन्तर्राष्ट्रिय तरिका’ भन्दै बजारमा आएको डिस होमले ग्राहकमुखी भएर सेवा र सुविधा दिएर ग्राहकलाई उच्चस्तरको टेभिभिजन हेर्ने बानी बसायो।

सूचना प्रविधिमा भईरहेको निरन्तरको परिवर्तनलाई आत्मसाथ गर्न पनि डिसहोमले लगानी बृद्धि गरिरह्यो । सन् २०१२ मा डिस होमले ५ प्रतिशत नेपाली बजार ओगटेको थियो ।

अहिले दूरदराजका गाउँगाउँमा डिस होम लेखिएको छाता देख्न पाइन्छ । टेलिभिजनकै माध्यमबाट गाउँले शहर र विश्व समाजसँग आफूलाई परिचित गराउने मौका पायो। सूचना र मनोरञ्जसँग गाउँलाई जोड्न डिस होमको योगदान छ।

शहरवासी टेलिभिजनको पहुँचमा थिए। पहुँचमा रहेका मान्छेलाई एकैपटक परिवर्तन गर्न अलि असहज हुन्छ। तर टेलिभिजनको पहुँचमा नरहेका गाउँमा एकैपटक टेलिभिजनको पहुँच पुर्‍याउन सजिलो हुने भएकाले आफूहरुले यस्तो रणनीति अबलम्बन गरेको डिस होमा प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए।

डिस होमको यो बजार रणनीतिले काम पनि गर्‍यो , गाउँ गाउँमा डिस होमको माग बढ्न थाल्यो ।शहरवासी भन्दा गाउँवासी स्तरीय टेलिभिजन हेर्न थाले।

टिभी हर्ने अन्तर्राष्ट्रिय तरिका भन्दै विज्ञापन गर्ने डिस होमले नेपाली टेलिभिजन प्रणालीलाई डिजिटल मात्र बनाएन व्यवसायीक रुपमा पारदर्शी पनि बनायो। दर्शकले तिरेको पैसा, टेलिभिजन च्यानलमा प्रसारण हुने विषयवस्तु र सरकारले पाउने करमा पनि पारदर्शिता देखियो।

डिस होमले नै नेपालमा डिजिटल टेलिभिजन सेवाको भविष्यतर्फ संकेत गरेको थियो । र, भोलि पनि डिजिटल टेलिभिजन सेवामा डिसहोम अग्रणी बन्नेछ ।

नेपालमा डिजिटल टेलिभिन प्रणालीको सेवा सूरुवता गरेको डिस होमले आज देशभरको ३० प्रतिशत बजार हिस्सा ओगटेको छ। डिजिटल टेलिभिजन सेवाको प्रफोटको रुपमा चिनिने डिसहोम अहिले ग्राहकलाई प्रदान गर्ने सेवा र सुविधामा विशेष चासो देखाईरहेको छ ।

पछिल्लो संस्करणको फिफा विश्वकप फुटबल डिस होमले नेपाली भाषामै कमेन्ट्री गरेर नेपाली टेलिभिजन इतिहासमा नौलो प्रयोग गरेको छ।

टेलिभिजनलाई थोरै मूल्यमा उच्च स्तरीय मनोरञ्जन प्रदान गर्ने सञ्चारमाध्यम मानिन्छ । यही सिद्धान्तमा रहेर डिसहोमले रमाईलो टिभी र नेपाली फिल्म हेर्न सकिने सिनेमा च्यानल पनि सञ्चालनमा ल्याएको छ।

अर्बौ ऋणमा परेको कम्पनीले कसरी नाफा कमाउन सफल भयो। यस विषयमा बिएल ब्राण्ड स्टोरीले कम्पनीको उतार चढाव, विगतका कथा र आगामी योजनाबारे डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यसँग कुराकानी गरेको छ।

डिस होमले अहिलेसम्मको यात्राका क्रममा के कस्ता जोखिमपूर्ण यात्रा गर्‍यो?, कसरी डुब्न लागेको इज्जत जोगायो, कर्मचारीले कसरी सहयोग गरे। पछिल्लो प्रविधिसँग कसरी अभ्यस्त भयो यसबारे आचार्यले विस्तृतमा बताएका छन्।

आचार्यका अनुसार इज्जत जोगाउनका लागि मर्न नदिइएको डिस होमले अहिले आम्दानी गर्न थालेको छ। गत आर्थिक वर्षमा  करोडौं नाफा कमाएको यो कम्पनीले चालू आर्थिक वर्षमा ८० करोड नाफा कमाउने लक्ष्य लिएको छ।

 ब्राण्ड स्टोरी शृ‌ंखला  

ब्राण्ड स्टोरी-५ ब्राण्ड स्टोरीः युवा पुस्ताको रोजाई बिजी बी

 ब्राण्ड स्टोरी -४  ब्राण्ड स्टोरीः एपेक्स कलेज, जसले शिक्षा क्षेत्रमा नौलो प्रयोगको आँट गरेर सफल भयो

 ब्राण्ड स्टोरी- ३ कर्मचार्य ग्रुप, गुणस्तरमा सम्झौता कहिलै गर्दैन

 ब्राण्ड स्टोरी -२ ब्राण्ड स्टोरी:  नायिका श्वेता खड्का, रिसेप्सनिष्टदेखि सफल व्यवसायीसम्म

 ब्राण्ड स्टोरी -१  ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास

प्रकाशित मिति: : 2020-03-15 21:30:00

प्रतिकृया दिनुहोस्