आखिर देश र देशबासीका लागि भण्डारीले त्यस्तो के गरे?

Breaknlinks
Breaknlinks

आलेखको प्रारम्भमै यो कुरा स्पष्ट पार्न चाहन्छु– कसैको मानमर्दन गर्ने मेरो अभिप्राय होइन। मेरो त्यस्तो हैसियत पनि छैन।

सार्वजनिक पदमा वा जनताको समर्थन चाहिने पेशामा रहेका राजनैतिक व्यक्ति, कलाकार र लेखकको बारेमा थाहा पाउने सबैको अधिकार हुन्छ। त्यसैले मैले आजसम्म बुझ्न नसकेको कुराको बारेमा लेख्न खोजेको हो। यसलाई अन्यथा नलिएर एउटा सामान्य नेपालीको जिज्ञासा सम्झिन् सम्बन्धित सबैसँग बिनम्र अनुरोध छ।

हरेक बर्ष जस्तै यो बर्ष पनि तत्कालीन एमाले नेता मदन भण्डारीको बारेमा अनेकथरी कुरा गरेर उनको बारेमा फुलबुट्टा भर्ने काम गरियो। भण्डारीको मात्र होइन राम, श्याम, हरि जसको पनि जयन्ती मनाउने अधिकार भएकोले उनको जयन्ती मनाएको बारेमा पंक्तिकारको दु:खेसो होइन। तर मैले आजसम्म बुझ्न नसकेको कुरा के हो भने नेपाल देश र जनताको लागि भण्डारीले के योगदान दिए? कुनै महाबुज्रुकले यसको जवाफ दिए पंक्तिकार कृतज्ञ हुनेथियो।



नेपाली समाजका तीन मानसिक अवस्था



पंक्तिकारले भण्डारीको नाम सुनेको २०४६ सालको ‘कथित’ बहुदलीय प्रजातन्त्रको आगमनपछि हो। त्यो भन्दा पहिले उनी कुन दुलोमा लुकेर कोसँग के कस्ता क्रियाकलाप गर्दै थिए, त्यो पंक्तिकार जस्तो सामान्य व्यक्तिलाई थाहा हुने कुरा भएन। तत्कालीन राजा बिरेन्द्रलाई जथाभावी गाली गरेर र तत्कालीन प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईलाई चुनावमा पराजित गरेर चर्चा कमाएका भण्डारीको तल्लो स्तरको भाषणबाहेक उनलाई सम्झने अर्को कुनै पक्ष छैन।

त्यो चुनावमा भट्टराईको हार हुनुकोपछाडि अनेकौ कारण छन् तर उनको मत कम आएको कारण उनी पराजित भएको भने पक्का हो। अघिल्लो दिन राजालाई तथानाम बोल्ने मान्छेले केहि दिनपछि दर्शन भेट पाउने बितिकै राजा पनि एउटा शक्ति हुन् भन्नुले उनको मानसिक हैसियत कस्तो रहेछ, त्यो सबैले बुझ्नसक्ने कुरा हो।

मुग्लिङदेखि नारायणघाटसम्मको बाटोमा आजसम्म कति गाडी दुर्घटना भयो र त्यसमा कति मान्छेको मृत्यु भयो भन्ने तथ्यांक सम्बन्धित मृतकको परिवार बाहेक सरकारसँग पनि छैन होला। तर भण्डारीको गाडी खस्नु मात्र कसरी हत्या भयो? लौ यदि हत्यानै भएको हो भने पनि यथोचित छानबिन गर्नसक्ने प्रविधि र विशेषज्ञ उपलब्ध भएको समयमा सरकारीस्तरबाटै त्यसको छानबिन किन हुँदैन? कतै उनको मृत्युबाट उनकै पार्टीका मान्छेलाई फाइदा भएको छ कि? 



नेपालमा द्वन्द्वको नाममा चलिरहेको मानव अधिकारको पसल



भण्डारी बाँचेको भए यस्तो हुन्थ्यो र उस्तो हुँदैन थियो भनेर चिया गफ गर्ने मान्छे पनि छन्। उनीहरुको अनुमानको आधार के हो? त्यो पनि पंक्तिकारले बुझ्न सकेको छैन। मैले भण्डारीको अन्तर्वार्ता लिएको भन्ने पत्रकार र फोटो खिचेको छु भन्ने फोटोग्राफरहरुले त्यसबाट के कस्ता उपलब्धि हासिल गरे, त्यो पनि मेरो लागि रहस्यकै बिषय बनेको छ।

मेरो बिचारमा भण्डारीको मृत्यु नभएको भए उनी पनि आज अरु राजनैतिक ब्यक्ति जस्तै कुहिएर ठ्सठ्स गनाउने थिए। उनको लागि उनको मृत्यु नै बरदान भएको छ। यधपि यो कुरा पचाउन अलि कठिन हुन्छ।

भण्डारीका अन्धभक्त र उनको सपना पुरा गर्ने समुहले यो आलेख पढेर कुनै प्रतिक्रिया नदिनुहोला, किनकि पंक्तिकारलाई रचनात्मक प्रतिक्रियाको मात्र जरुरत छ। यदी कुनै जानिफकारलाई जानकारी छ भने भन्नुहोला– नेपाल र नेपालीको लागि भण्डारीले आखिर के गरे?

@twitter#naviinr

प्रकाशित मिति: : 2021-05-23 19:48:00

प्रतिकृया दिनुहोस्