
बिएल संवाददाता
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र जोगाउनका लागि नेपाली कांग्रेस बचाउनुपर्ने अवस्था आएको बताएका छन्।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा बिहिबार शुभकामना मन्तव्य राख्दै उनले यतिबेला पहिलो प्राथमिकतामा महामारीबाट जनता बचाउने अनि संविधान र संसदीय प्रणाली बचाएर कांग्रेस बचाउनुपर्ने बताए।
उनले भने,‘यो संविधान भनेको विस्तृत शान्ति सम्झौतामार्फत बनेको दस्तावेज भएकाले यसको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिनु पर्छ,’ उनले अगाडी भने,‘हामी संविधानको मर्म र संवैधानिक व्यवस्था अनुरुप अदालतको पुगिसकेकाले अदालतले विवेकपूर्ण निर्णय गरोस।’
देशले यतिबेला विकल्प खोजेता पनि तत्काल चुनावमा जाने अवस्था भएको भन्दै उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले यो महामारीको अवस्थामा हुन नसक्ने चुनावको मिति तोके।'
पौडेलले नेपाली कांग्रेस पनि संकटको अवस्थामा रहेकाले महाधिवेशनतर्फ लक्षित हुनुपर्ने धारणा राखे। उनले भने,‘नेपाली कांग्रेस बाँच्यो भनेमात्र लोकतन्त्र र संविधानको रक्षा हुने भएकाले पहिलो प्राथमिकतामा कांग्रेसलाई बचाउन सक्नुपर्छ। यसका लागि सुदृढ र एकतापूर्ण पार्टीको आवश्यक्ता छ।’
कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल बनिरहेकाले अन्य देशको अभ्यास सिकेर महामारीबाट जनता जोगाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया