बुधबार, २४ सेप्टेम्बर २०२५

रोल्पामा लुम्बिनी प्रदेश सरकारले पठायो स्वास्थ्य सामग्री

File Photo
• • •

लुम्बिनी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्र गर्नका रोल्पामा स्वास्थ्य सामग्री पठाएको छ।

रोल्पामा कोरोना सङ्क्रमितको बिरामी बढ्दै जाँदा लुम्बिनी प्रदेश सरकारले जिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेलले बताएका छन्।

स्वास्थ्य कार्यालय प्रमुख पोखरेलका अनुसार ८ सय भिटिएम किट र ६ हजार एन्टिजिन टेस्ट किट आएको छ।

प्रदेश सरकारले पठाएको स्वास्थ्य सामग्रीहरु जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर स्थानीय तहमा पठाउने उनले बताए।

शुक्रबार, जेठ १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)